देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दैलेखमा ग्यास खानी खोज्दै सरकार

देशान्तर

काठमाडौं । भारतको नाकाबन्दीका कारण देशमा इन्धनको चरम अभाव भइरहेका बेला सरकारका एक मन्त्री ग्यास खानी खोज्दै दैलेख पुगेका छन्। भूगर्भविद्सहितको टोली लिएर उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सोमबार दैलेखमा पेट्रोलियम पदार्थको खानी रहेको अनुमान गरिएका विभिन्न स्थानको स्थलगत अवलोकन गरेका हुन्। स्थलगत अवलोकनपछि मन्त्री पाण्डेले अबको ६ महिनाभित्रमा सरकारले दैलेखमा रहेका सम्भावित ग्यास र पेट्रोल खानीको उत्खनन गर्ने घोषणा गरेको छ ।

विगतमा पनि भूगर्भविद्हरूको टोलीले अनुसन्धान गरेर जिल्लाको श्रीस्थान क्षेत्रमा ग्यास र पेट्रोलियम पदार्थको खानी रहेको अनुमान गरेको थियो । तर हालसम्म पनि उक्त क्षेत्रमा आवश्यक उत्खननको प्रक्रिया अगाडि बढ्नसकेको छैन। भारतबाट इन्धन आयात रोकिएपछि सरकारले देशभित्रै रहेका सम्भावित खानीको खोजी गर्न थालेको हो। पेट्रोलियम खानी खोज्दै दैलेख पुगेका मन्त्री पाण्डेले ६ महिनाभित्रै दैलेखमा उत्खननप्रक्रिया अगाडि बढ्ने बताए।

एक महिनाभित्रमा थप अनुसन्धानका लागि विज्ञको टोली पठाउने र ६ महिनाभित्रमा खानी उत्खननको कामले गति लिने उनको भनाइ थियो। खानी तथा भूगर्भ विभागले ग्यास र पेट्रोलका लागि तत्काल उत्खनन गर्न सम्भावित क्षेत्र भएको पुष्टि गरेपछि उद्योगमन्त्री पाण्डे दैलेखमा रहेको खानीमै पुगेर अवलोकन गरेका हुन्। अन्नपुर्ण दैनिकमा समाचार छ । 

 

]]>