देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१३ पेट्रोलपम्पले करिब १५ करोड ठगी गरे

देशान्तर

काठमाडौं । मिटर बिगारेर राजधानीका १३ पेट्रोलपम्पले करिब १५ करोड ठगी गरेका छन् । रिमोट तथा चिप प्रयोग गरी डिजिटल मिटर बिगारेर उनीहरूले ठगी गरेका हुन् ।

महानगरीय अपराध महाशाखाले नेपाल आयल निगमसँग डाटा लिएर गरेको अनुसन्धानमा ती पम्पले १५ करोड २२ लाख रुपैयाँ ठगी गरेको खुलेको हो । करिब एक वर्ष अवधिमा पेट्रोल पम्पहरूले कम परिणाम इन्धन बेचेर करिब एक करोड रुपैयाँभन्दा बढी कमाएका हुन् ।

प्रहरीले चार्टर्ड एकाउन्टेन्टमार्फत आयल निगमको विवरण र पम्पहरूले गरेको ठगीको परिणामको हिसाब निकालेको थियो । सोही आधारमा बिगो दाबी गरी उनीहरूविरुद्ध ठगी मुद्दा चलाइने महाशाखाका प्रवक्ता एसपी सहकुल थापाले बताए ।  नयाँ पत्रिका दैनिकमा समाचार छ ।

]]>