देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँच महिनायता विकास खर्च ठप्प

देशान्तर

काठमाडौं । भारतीय नाकाबन्दीको निहुँमा कर्मचारीले काम नगर्दा सरकारले एक महिनामा एक प्रतिशतका दरले मात्र विकास खर्च गरिरहेको छ । चालु आर्थिक वर्ष सरकारले २ खर्ब ८ अर्ब रुपैयाँ विकास पुँजीगत खर्च गर्ने लक्ष्य राखेकामा पाँच महिना मंसिर २१ सम्म ४.८ प्रतिशत मात्र खर्च भएको छ ।

सरकारले बजेट कार्यान्वयन वर्ष  घोषणा गरेकै वर्ष विकास खर्च अहिलेसम्मकै न्यून भएको छ । ‘विकास बजेट खर्च नहुने परम्परा पुरानै भए पनि यो वर्षको अवस्था सर्वाधिक नाजुक हो,’ अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख वैकुण्ठ अर्यालले भने, ‘बजेट निर्माण हुँदा सबै विकासे मन्त्रालयले बढी रकम माग्ने तर व्यवहारमा खर्च गर्न नसक्ने देखिएको छ ।

’चालु आवको पाँच महिना बित्न लाग्दा पनि पाँच प्रतिशत पुँजीगत बजेट खर्च हुन नसकेको अर्यालले जानकारी दिए । ‘‘गत वर्ष भूकम्पका नाममा काम नगरी बित्यो, यो वर्षको निहुँ नाकाबन्दी बनेको छ,’ महाशाखा प्रमुख अर्यालले भने ‘विकासका कार्यक्रम गर्ने जिम्मेवारी लिएका मन्त्रालयका उच्च अधिकारी राष्ट्र र जनताप्रति जिम्मेवार नहुँदासम्म मुलुकको अवस्था यस्तै हो ।’

असहज अवस्थामा झन् बढी काम गर्नुपर्नेमा त्यही घटनालाई कारण नदेखाएर केही नगर्ने प्रवृत्ति रहेको उनले औंल्याए ।  ‘विदेशीहरुले भूकम्प, बाढीपहिरोलगायत विपत्तिका घटना भएका बेला रातदिन काम गरेका सयौं उदाहरण छन्,’ अर्थका अर्का एक अधिकारीले भने, ‘यहाँ भने भूकम्प गएको आठ महिनासम्म पुनर्निर्माणका काम सुरुसम्म हुन सकेको छैन ।’  नागरिक दैनिकमा समाचार छ । </span>

]]>