देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्लियरिङ हाउस लि र हिमालयन बैंक लिबीच सम्झौता

देशान्तर

काठमाडौँ । नेपाल क्लियरिङ हाउस लि र हिमालयन बंैक लिबीच अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवासम्बन्धी सम्झौताभएको छ । 

सम्झौतापत्रमा क्लियरिङ हाउस लिका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधान बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर जबराले हस्ताक्षर गरेको बैंकले जनाएको छ । 

सम्झौताबमोजिम क्लियरिङ हाउस लिले बैंकलाई अन्तरबैंक विद्युतीय भुक्तानी सेवा उपलब्ध गराउनेछ । सो प्रणालीमार्फत कम्पनीसँग आबद्ध बंैक तथा वित्तीय संस्थामा ग्राहक आफँैले कुनै पनि खातामा भुक्तानी दिन र लिन सक्नेछन् ।

ग्राहकको रकम स्थानान्तरण, नाफा भुक्तानी, बिल भुक्तानी, किस्ता भुक्तानी, सामाजिक सुरक्षा भत्ता, निवृत्तिभरण÷तलब भुक्तानी, विप्रेषणलगायत सबै प्रकारका भुक्तानी दिने तथा लिने सेवा सो प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाले गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तीमा जनाईएको छ ।  

]]>