देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बंगलादेशमा ट्विटर र स्काइपमा रोक

देशान्तर

काठमाडौं। बंगलादेश सरकारले सामाजिक सञ्जाल साईट  ट्विटर र स्काइपमा रोक लगाएको छ । 

सरकारी अधिकारीहरुका अनुसार अघिल्लो भाईबर र  व्हाट्सऐप सहित दोस्रो अनलाइन  म्यासेजिंग वेबसाइट मा प्रतिबंध लगाउनको लागी जारी गरिएको आदेशको विस्तार मात्र हो ।

हालै युद्ध अपराध मुद्दामा दुई  नेतालाई फांसीपछि सुरक्षाको कारण सोशल मीडियामा बन्देजको आदेश दिइएको थियो ।

समाचारहरुका अनुसार  सरकार पिपक्षीहरुले  समाजिक सञ्जालको माध्यमबाट जनतालाई सरकार विरोधी प्रदर्शनमा गोलबन्द गर्नसक्ने आशंकाको कारण  समाजिक सञ्जालमा रोक लगाउन अगाडि सरेको हो । 

यसभन्दा पहिले नै लोकप्रिय वेबसाइट फेसबुकमापनि रोक लगाएको  त्यहाँको सरकार  तर ब्यापारीहरुले  आफ्नो ब्यापारमा गिरावट आउने भन्दै सरकारलाई फेसबुक बन्द नगनए सल्लाह  दिएका  थिए र त्यसपछि सरकारले त्यो रोक फिर्ता  लिएको थियो ।

बांग्लादेशमा नोभेम्बरमा विपक्षी दुई नेतालाई युद्ध अपराधको अभियोगमा  फाँसी दिइएको थियो ।

सलाहुद्दीन कादिर चौधरी र  अली अहसान मोहम्मद मुजाहिदलाई पाकिस्तानसँग भएको स्वतंत्रता युद्धक्रममा युद्ध अपराधको आरोप थियो ।
अदालतले ति दुई नेतालाई नरसंहार र बलात्कारको दोषी साबित गरिएको थियो ।

बांग्लादेशमा अदालतको यो फैसलापछि विरोध प्रदर्शन हुँदै आएको छ । 

]]>