देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तराईको कोसेली पेट्रोल र ग्यास

देशान्तर

काठमाडौं । केही महिनाअघिसम्म काठमाडौँ मा बस्ने आफन्त तथा साथीभाईलाई तराईबाट जानेको कोसेली पेडा, कुराउनी, गुन्द्रुक, भटमास, कोदोको पिठो, अकबरे खुर्सानीको अचार, अलैची, अम्लिसोको कुचो आदि हुन्थ्यो । तर अहिले पेट्रोल, डिजेल र ग्यास प्रमुख कोसेली भएको छ ।

कोही आफन्त वा साथीभाई काठमाडौँ जाने खबर पाउने विपत्तिकै प्रायस् सबैको एउटै कोुेली माग हुने गरेको छ । काठमाडौँमा भन्दा तराईमा सहज रुपमा पाइने ठानेर उनीहरुले कोसेलीका रुपमा यी बस्तु माग गर्ने गर्छन् ।

‘काठमाडौका आफन्तले पेट्रोल र १ सिलिन्डर ग्यास कोसेली लिएर आउनू भनेका छन्,’ त्रियुगा नगरपालिका–२ का नरेश ढकालले भने ‘तराईमा चाहिँ सजिलै पाइन्छ भन्ने ठानेर यसो भनेका होलान् । तर, यहाँ आफूले दाउरामा खाना पकाउन थालेको ३ महिना नाघिसक्यो ।’

पेट्रोल नपाएर मोटरसाइकल थन्क्याएको महिनादिन नाघेको उनले सुनाए ।  कतिपयका आफन्तले भने हार्न नसकेर १० हजार रुपैयाँका दरले सिलिन्डर खरिद गरेर आफन्तलाई पठाइदिने र आफैँ लिएर जाने गरेका छन् । ३ सय रुपैयाँका दरले खरिद गरेको पेट्रोल पनि धेरैका लागि कोसेली बन्ने गरेको छ ।  आजको कारोबार दैनिकमा खबर छ । 
 

]]>