देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाओवादी महाधिवेशन अर्को वर्ष

देशान्तर

काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको केन्द्रीय समितिमा अर्को वर्ष महाधिवेशन गर्ने बताएका छन् ।  केन्द्रीय सदस्य समिति बैठकमा  सदस्य हरुका प्रश्नको जवाफ दिने क्रममा दाहालले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘२०७३ सालभित्र महाधिवेशन गर्दै पार्टीलाई व्यवस्थित गरिनेछ,’ दाहाललाई उदधृत गर्दै बैठक स्रोतले भन्यो, ‘संविधान बनिसकेपछिको अवस्थामा पार्टीको वैचारिक कार्यदिशालाई स्पष्ट गर्न, संगठनको भावनात्मक एकीकरण गर्न पनि यो आवश्यक भइसकेको छ ।’

दाहालले पार्टीलाई नेपालको क्रान्तिकारी धाराको मूख्य कम्युनिस्ट धारका रुपमा अघि बढाउनेगरी निर्णय लिँदै जाने समेत बताए । मंसिर १५ देखि सुरु एमाओवादी केन्द्रीय समितिमा दाहालको राजनीतिक प्रतिवेदनमाथि १ सय १७ केन्द्रीय सदस्य, पदाधिकारीले बोलेका थिए ।

उनीहरुले बोलिसकेपछि छ दिन स्थगित बैठकमा आइतबार दाहालले जवाफ दिएका हुन् । कान्तिपुर दैनिकमा समाचार छ ।

]]>