देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एक खर्ब ४० अर्बमा बिक्यो एनसेल

देशान्तर

काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व मलेसियन कम्पनी एक्सिएटाले लिएको छ।

एनसेलमा लगानी रहेको युरोपको टेलिकम कम्पनी टेलियासोनेराले आफ्नो स्वामित्वमा रहेको ६०.४ प्रतिशत सेयर मलेसियाको एक्सिएटालाई एक अर्ब तीन करोड अमेरिकी डलर (झन्डै एक खर्ब १० अर्ब रुपैयाँ) मा बिक्री गरेको हो। एक्जियटामा मलेसियन सरकारको लगानी रहेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित भएको छ।
 
एनसेलको बिक्रीको विषयमा सोमबार प्रारम्भिक सम्झौता भएको छ। सम्झौताअनुसार बिक्रीसम्बन्धी सबै प्रक्रिया ६ महिनाभित्र पूरा हुनेछ । नेपालको कर्पोरेट क्षेत्रमा अहिलेसम्मकै बढी रकममा एनसेल बिक्री भएको हो।
 
एनसेलमा टेलियासोनेरा, कजाक कम्पनी भाइजर र नेपाली व्यवसायी निरजगोविन्द श्रेष्ठको लगानी थियो। अब भने मलेसियन कम्पनीको ८० प्रतिशत तथा २० प्रतिशत सेयर सिंगापुरमा रहेकी भावना श्रेष्ठको हुनेछ। कानुनअनुसार टेलिकममा न्यूनतम २० प्रतिशत लगानी नेपालीको हुनुपर्छ।
 
‘टेलियासोनेरालाई नयाँ ढंगले अगाडि बढाउने रणनीतिअनुसार युरेसिया क्षेत्रका सात स्थानबाट हाम्रो उपस्थिति न्यून गर्दै नोर्डिक तथा बाल्टिक मुलुकमा केन्द्रित रहने योजना सेप्टेम्बरमा उद्घोष गरेका थियौं।

सन् २००८ मा टेलियासोनेराले स्पाइस नेपाल खरिद गरेपछि मेरो मोबाइललाई रिब्रान्डिङ गरेर एनसेल बनाइएको हो। टेलियासोनेरालाई एनसेलबाट कमाएको मुनाफा लैजान राष्ट्रबैंकले रोकेको छ।

‘उक्त योजनाअनुरूप पहिलो कदम तथा ठोस प्रमाणको घोषणा गर्न पाउँदा मलाई खुसी लागेको छ’ टेलियासोनेराका प्रेसिडेन्ट तथा कार्यकारी प्रमुख योहान डेनेलिन्डले भने, ‘एक्सिएटालाई नयाँ धनीको रूपमा देख्न पाउँदा पनि हामी खुसी छौं। यसबाट एनसेललाई अर्को उचाइमा पुर्‍याउन हाम्रा समर्पित कर्मचारीले असल साथ पाउँछन् भन्नेमा म विश्वस्त छु ।’
 
एक्सिएटामा हाल २६ करोडभन्दा धेरै ग्राहक तथा २५ हजार कर्मचारी छन्। एनसेलले एक्सिएटाको मलेसिया, इन्डोनेसिया, श्रीलंका, बंगलादेश, कम्बोडिया, भारत, सिंगापुर, पाकिस्तानलगायतको दूरसञ्चार क्षेत्रमा रहेको सम्पत्तिलाई अझ बढाउनेछ।
 
मलेसियाको स्टक एक्सचेन्जमा सूचीकृत एक्सिएटा दक्षिण एसियामा केन्द्रित तथा विशेषज्ञता राख्ने र आफ्नो व्यवसाय रहेको देशको विकास र उन्नितका लागि योगदान पुर्‍याइरहेको कम्पनी हो।टेलियासोनेराले यो सम्झौतामा संलग्न कम्पनीहरू, भावना सिंह श्रेष्ठ र सम्बन्धित पक्षकोआन्तरिक तथा बाहिरी परामर्शदातामार्फत विस्तृत पहिचान तथा पृष्ठभूमि जाँच (एक्स्टेन्सिभ ड्यु डिलिजेन्स एन्ड ब्याकग्राउन्ड चेकं) गरिसकेको जनाएको छ।
 
ुजिम्मेवारीपूर्वक बहिर्गमन हाम्रा लागि अति महत्वपूर्ण छ। भूकम्पपछिको नेपालको पुनर्निर्माणमा हामी नेपाल सरकारसँग सहकार्य जारी राख्नेछौं’ टेलियासोनेराका कार्यकारी प्रमुख डेनेलिन्डले भने।निजी क्षेत्रको मोबाइल सेवा कम्पनी एनसेल स्पाइस नेपाल प्रालिको मोबाइल सेवा कम्पनी मेरो मोबाइल फेरेर बनेको नाम हो।
 
सन् २००८ मा टेलियासोनेराले स्पाइस नेपाल खरिद गरेपछि मेरो मोबाइललाई रिब्रान्डिङ गरेर एनसेल बनाइएको हो। टेलियासोनेरालाई एनसेलबाट कमाएको मुनाफा लैजान राष्ट्रबैंकले रोकेको छ।

 

]]>