देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले एमाओवादीले आफ्नो जागिर खुवाउन बिश्वपबिद्यालयमा तालाबन्दी

देशान्तर

काठमाडौं । गत भदौ ७ गते डा. कुलप्रसाद कोइराला उपकुलपति नियुक्त भएर दाङ आउँदा नेपाल संस्कृति विश्वविद्यालयमा तीन महिनादेखि तालाबन्दी थियो । राजनीतिक नियुक्तिको माग गर्दै कांग्रेस निकट नेविसंघ, प्राध्यापक संघ र कर्मचारी संघले ताला लगाएका थिए । त्यति नै बेला कम्युनिष्ट कित्ताबाट पनि तत्कादल रेक्टर नियुक्ति माग गर्दै अर्को ताला थपियो ।

उपकुलपति भएर आएका कोइराला आन्दोलनकारीको तारो त बने नै भदौ २८ गते कुलसचिव पदमा नियुक्त कार्तिकेय झा पनि आन्दोलनकारीको तारो बन्न पुगे । पानी लिन निवास बाहिर जाँदै गरेका उनको गाडीको चाँबी एमाले निकट विद्यार्थीले खोसेर भागे । यी दुवै घटनाको मुख्य कारण भनेको नियुक्ति विवाद नै हो ।  एमोवादी र एमाले रेक्टर पद आफ्नो भागमा पार्न चाहन्थे । विश्वविद्यालयले एमालेको कोटाबाट २४ असोजमा रमेशप्रसाद ढकाललाई रेक्टर नियुक्ति ग¥यो ।

तर न एमालेले ताला खोल्यो न एमाओवादीले । विश्वविद्यालय साढे ७ महिनादेखि बन्धक अवस्थामा छ ।  बैशाख २२ गते सुरु तालाबन्दीको शृंखला अझै टुंगिएको छैन । तालाबन्दीकै कारण साढे सात महिनायता विश्वविद्यालयका प्रशासनिक तथा शैक्षिक कार्य पूर्णरुपमा ठप्प छन् । नागरिक दैनिकमा समाचार छ ।
 

]]>