देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नाकाबन्दीका कारण नाफा गुमाउँदै भारतीय कम्पनी

देशान्तर

काठमाडौं । भारतीय नाकाबन्दखीका कारण नेपालबाट वर्षमा दुई अर्ब रुपैयाँभन्दा बढी लाभांश लैजाने भारतीय बहुराष्ट्रिय कम्पनी पनि प्रभावित भएका छन् । अहिलेसम्म नेपालमा भएको कुल विदेशी लगानीमा भारतीय लगानी पहिलो नम्बरमा आउँछ ।

भारतीय बहुराष्ट्रिय कम्पनी युनिलिभर, डाबर लगायत नाकाबन्दीको प्रत्यक्ष मारमा छन् । युनिलिभर नेपाल लिमिटेडका सञ्चालक रविभक्त श्रेष्ठ नाकाबन्दीको असर अरुसरह आफ्नो कम्पनीलाई पनि परेको बताउँछन् ।  ‘अवस्थामा सुधार नआए कम्पवनीको मुनाफा घट्न सक्छ,’ उनले भने, ‘अहिलेको अबरोधले लगानीका बारेमा बाहिर नराम्रो सन्देश गइरहेको छ ।’

मुलुकको कुल व्यापारमध्ये दुई तिहाइ भारतसँग हुन्छ । भारतले गर्ने कुल निर्यातमा नेपालको हिस्सा चार प्रतिशत हुन आउँछ । कात्तिकसम्मको तथ्यांकअनुसार नाकाबन्दीका कारण अघिल्लो वर्षको तुलनामा निर्यातमा २९ दशमलब १ प्रतिशतले कमी आएको छ । आयात पनि ३६ दशमलब ८ प्रतिशतले कमी आएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

]]>