देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भुकम्पपीडित कर्मचारीका लागि उठाइएको तीन करोड गायब

देशान्तर

काठमाडौं । वैशाख १२ को विनाशकारी भुकम्पमा मृत्यु भएका निजामती कर्मचारीको परिवारलाई सहयोग गर्न कर्मचारीबाट तीन करोड रुपैयाँ संकलन भयो । ६६ लाख रुपैयाँ पीडित परिवारलाई वितरण भयो । तर, बाँकी रकम कता गयो रु कतै विवरण छैन । भुकम्पमा काठमाडौंसहित विभिन्न जिल्लामा २२ निजामती कर्मचारीको मृत्यु भएको  छ ।

मृतक कर्मचारीका आफन्तलाई सहयोग गर्न भन्दै सरकारले प्रत्येक कर्मचारीबाट एक दिनबराबरको तलब उठाएको थियो । सामान्य प्रशासन मन्त्रालयका अनुसार ८० हजार कर्मचारीबाट एक दिन बराबरको तलबस्वरुप झन्डै तीन करोड ५० लाख रुपैयाँ उठाइएको थियो ।  

संकलित रकमबाट मृतक कर्मचारीका आफन्तलाई प्रतिपरिवार तीन लाखका दरले ६६ लाख वितरण गरिएको थियो । बाँकी रकम कहाँ गयो भन्नेबारे मंगलवार बसेको कर्मचारी कल्याणकारी कोष सञ्चालक समितिको बैठटकमा मुख्यसचिव डा. सोमलाल सुवेदीले सोधखोज गरेका थिए ।  नयाँ पत्रिका दैनिकमा समाचार छ । 

]]>