देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साउदी अरबमा ५० नेपाली कामदार बन्धक

देशान्तर

काठमाडौं । साउदी अरबको एक कम्पनीमा बन्धक बनाइएका नेपाली कामदारको उद्धारमा रियादस्थित नेपाली दूतावासले चासो नदिएको पीडितले गुनासो गरेका छन् । आफूहरुको उद्धारमा दूतावासले चासो नदिँदा लामो समयदेखि बन्दी जीवन बिताउनु परेको उनीहरुको गुनासो छ ।

ती नेपाली कामदारले उद्धारमा कहीँकतैबाट पहल नभएको बताएका छन् । पीडितले उद्धारका लागि आठ महिनाअघि नै दूतावासलाई लिखित तथा मौखिक आग्रह गरेपनि दूतावासले सुनुवाई नगरेको बताए । साउदीको दमाममा रहेको मोहम्मद अलमोजिल ग्रुप कक्पनीमा आर्यरत ५० नेपाली कामदारको लामो समयदेखि उद्धार हुन नसकेको हो ।  

रोजगारदाता कम्पनीले आवास अनुमति पत्र नवीकरण नगरिदिँदा ती कामदार एक वर्षदेखि बन्दी जीवन बिताउन बाध्य भएका हुने । उद्धारका लागि पटक पटक आग्रह गरेपनि दूतावासले बेवास्ता गरेको बन्दी जीवन विताइरहेका बाग्लुङका हेमराज पौडेलले गुनासो गरे । नागरिक दैनिकमा समाचार छ । 

]]>