देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अस्तव्यस्त विद्युत, जताततै अन्धकार

देशान्तर

काठमाडौं । लोडसेडिङ बढेसँगै काठमाडौँ उपत्यकाको विद्युत वितरण प्रणालीमा देखिएको समस्या समाधान गर्न विद्युत प्रधिकरण असफल भएको छ । पछिल्लो १ महिनायता ४ दिनसम्म विजुली नआउने, आएपनि आधा लाइनमात्र आउने, पटक पटक बिजुली गइरहने, लोडसेडिङ तालिकाअनुसार बिजुली नआउने र ट्रान्सफर्मर जल्ने समस्या बढेका छन् ।

भरतको नाकाबन्दीले एलपी ग्यास अभाव भएपछि उपभोक्ता खाना पकाउन विद्युतमा निर्भर छन् । बत्ती बाल्नुका अतिरित्त खाना पकाउन इन्डक्सन, हिटर, राइस कुकर, पानी तताउन इमर्सनजस्ता उपकरण चलाउँदा बढ्दो लोड धान्न थेग्न नसकेर ट्रान्सफर्मर पड्किने र जल्ने क्रम बढेपछि उपत्यकाका धेरै स्थान अन्धकार छन् ।  उपभोक्ताले लोडसेडिङ तालिका अनुसार बिजुली पाएका छैनन् ।

यो समस्या समाधान गर्न प्राधिकरणको क्षमताले भ्याएको छैन। यस्तो समस्या थुप्रै स्थानमा छ । विशेषगरी सहरी क्षेत्रमा आपूर्ति समस्या बढेको प्राधिकरणले जनाएको छ । राजधानीबाहिर यस्तो समस्या छैन ।  कारोबार दैनिकमा समाचार छ । 

]]>