देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हवाई व्यवस्थापन गर्न कोटेश्वरका केही घर भत्काउनुपर्ने

देशान्तर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण पश्चिमतर्फ काठमाडौं महानगरपालिका वडा नम्बर ३५ काटेश्वरमा निर्माण गरिएका केही भवन भत्काउनुपर्ने भएको छ । हवाई व्यवस्थापनमा समस्या उत्पन्न भएकाले त्यस्ता संवेदनशील क्षेत्रमा निर्माण गरिएका भवन भत्काउनुपर्ने भएको हो ।

नागरिक उड्डयन प्राधिकरणले दिएको प्रतिवेदनका आधारमा काठमाडौं महानगरपालिकाद्वारा गठित प्राविधिक समितिले ६ वटा घरको केही भाग भत्काउनुपर्ने र चारवटा घरको तला थप्न नहुने सिफारिस गरेको हो । महानगरपालिकाको ३५ वडाअन्तर्गत निर्माण गरिएका केही भवनका कारण हवाई व्यवस्थापनमा समस्या उत्पन्न भएको भन्दै प्राधिकरणले महानगरपालिकालाई पत्राचार गरेको छ ।

त्यस्ता संवेदनशील क्षेत्रमा निर्माण गरिएका भत्काउनुपर्ने भनी पहिचान गरिएका भवनहरुको प्राविधिक समितिबाट स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार पार्न महानगरपालिकाको गत मंसिर १५ गतेको बोर्ड बैठकले निर्देशन दिएको थियो । अन्नपुर्ण पोष्टमा  समाचार छ । 

]]>