देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केएल दुगड जोगाउन वाणिज्य विभाग नै सक्रिय

देशान्तर

काठमाडौं ।  मुलुक गम्भीर समस्यामा परेको मौका छोपेर उपभोक्ता ठग्दै खाने तेलमा कालोबजारी गर्ने केएल दुगड समूहको कर्तुत लुकाउन वाणिज्य तथा आफूर्ति व्यवस्थापन विभाग नै लागिपरेको तथ्य फेला परेको छ ।  बजार अनुगमन तथा कारबाहीको जिम्मेवारी पाएको विभागका पदाधिकारीले नै दुगडसँग आर्थिक लाभ लिएर जोगाउन लागेका हुन् ।

लामो समयदेखि कालोबजारी गर्दै आएको र्केएल दुगड समूहको गोदाममा छापा मारी आवश्यक कारबाही गर्नु पर्ने भएपनि विभाग पदाधिकारी भने प्रहरीले सुरु गरेको छानविन प्रक्रियामै असहयोग हुने गरी काम गर्न थालेको छ ।  नाकाबन्दीको कारण देखाउँदै कालोबजारी गरिरहेको केएल दुगड समूहको कर्तुतको ढाकछोप वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले नै गर्दै आएका छन् ।

सो समूहबाट आर्थिक लाभ लिएर कोइराला जोगाउन लागेको र उनले लामो समयदेखि संरक्षण गर्दै आएको विभागकै एक अधिकारीको भनाई छ । राजधानी दैनिकमा समाचार छ । 

]]>