देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रालय र कार्यकक्ष खोज्दै नयाँ मन्त्रीहरु

देशान्तर

काठमाडौं । जनमुक्ति पार्टीबाट विज्ञान तथा प्रविधि मन्त्री बनेका शिवलाल थापाले आफू बस्ने कार्यकक्षको व्यवस्थापनमा सहयोग गरिदिन आइतवार जनुंख्या तथा वातावरण मन्त्री विश्वन्द्र पासवानलाई आग्रह गरे । थापाले पाएको मन्त्रालय पासवानले नेतृत्व गरेकै ९विज्ञान, प्रविधि तथा वातावरण०बाट टुक्राएर बनेकाले वातावरण मन्त्री पासवानलाई त्यस्तो आग्रह गरेका हुन् ।

पसवानले स्वास्थ्य मन्त्रालय पछाडि रहेको जनसंख्या महाशाखाको भवन सुविधायुक्त भएकाले त्यसैमा बस्न मन्त्री थापालाई सुझाए । तर थगापाले अस्वीकार गरे । आफू सिंहदरबारभित्रै बस्न चाहेको भन्दै थापाले त्यतै मिलाउन आग्रह गरे । उनको इच्छाअनुसार पासवानले आफू रहेकै भवनको दायाँतिर विज्ञान तथा प्रविधि मन्त्रीको कार्यकक्ष तयारी गर्न कर्मचारीलाई निर्देशन दिए ।

‘मन्त्रीज्यूको आग्रहअनुसार पहिला विज्ञान तथा प्रविधि राज्यमन्त्री इन्द्र ढुंगेल बसेको कक्षमा नयाँ मन्त्री राख्ने तयारी भइरहेको छ , जनसंख्या तथा वातावरण मन्त्रालयका उपसचिव हरि घिमिरेले भने,‘विज्ञान  सचिवज्यूको कार्यकक्ष हाम्रै अर्को भवनमा व्यवस्थापनको तयारी गर्दैछौँ।’ मन्त्री थापाले जहाँबाट टुक्रिइको हो, त्यही ठाउँमै मिलेर बस्ने सहमतिअनुसार कार्यकक्ष तयारी भइरहेको बताए। कान्तिपुर दैनिकमा समाचार छ । 
 

]]>