देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्रियाशील सदस्यका बिषयमा कांग्रेस नेताहरू अनशनमा

देशान्तर

काठमाडौं । क्रियाशील सदस्यता छानबिन र वितरणप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस डोल्पा र सोलुखुम्बुका नेताले अनशन सुरु गरेका छन् । सदस्यता वितरण र छानबिनमा फरक मापदण्ड लागू गरेको भन्दै डोल्पा सभापति टंकप्रसाद उपाध्याय र केन्द्रीय सदस्य बलबहादुर केसीसहित नेताले पार्टी केन्द्रीय कार्यालय सानेपामा छुट्टाछुट्टै अनशन सुरु गरेका हुन् ।

एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका नेता–कार्यकर्तालाई वितरण गरिएको सदस्यता छानबिन समितिले स्वीकृत नगरेको भन्दै डोल्पा सभापति चार दिनदेखि अनशनमा छन् । त्यस्तै, केन्द्रीय सदस्य केसीसहित एक दर्जन नेताले छानबिन समितिको विभेदपूर्ण प्रतिवेदन खारेजी माग गर्दै आइतबारबाट रिले अनशन थालेका हुन् । छानबिन समितिले सोलुखुम्बुको सोताङ, नेचाबतासे, तिंगला, वाकु, जुभु, लिखिम, छेस्काम, टास्टिङ, नेले, देउसागुडेल, पञ्चन, मुक्ली, जुभिङ र कांगेल गाविसको नयाँ सदस्यता स्थगित गरिएको छ । त्यसप्रति केसीसहितका नेताले असन्तुष्टि जनाएका छन् ।

कांग्रेस विचारबाट भन्दा मनी, मसल र पावरको प्रभावमा परेको आरोप लगाउँदै केसीले भने, ‘अनुशासनभन्दा हुलका आधारमा अघि बढ्ने पार्टी बन्यो ।’ हुलको आधारमा पार्टीमा सक्रिय भएको ४० वर्षमा सक्रिय सदस्यताबाट बञ्चित हुनुपरेको गुनासो गर्दै उनले थपे, ‘ भाग र अंशमा चल्ने प्रवृतिविरुद्ध हाम्रो अभियान हो यो ।’ सदस्यता छानबिन समितिले जिल्ला, क्षेत्र र गाविसैपिच्छे फरक मापदण्ड लागू गरेकोमा केन्द्रीय समिति बैठकमा नेताहरूले असन्तुष्टि जनाएका थिए ।

सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षीय नेताहरू छानबिन समिति प्रतिवेदनको विपक्ष र पक्षमा देखिएपछि केन्द्रीय समितिले छानबिन समितिलाई अन्तिम प्रतिवेदन बनाउन समय दिएको छ । तीन दिनभित्र अन्तिम प्रतिवेदन बुझाउन समय दिए पनि समितिले अझै काम सकेको छैन । नागरिक दैनिकमा समाचार छ । 

]]>