देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नियम मिच्दै सरकारले थप्यो पाँच सचिवको दरबन्दी

देशान्तर

काठमाडौं । सरकारले पाँच सचिवको दरबन्दी थप गरेको छ । संगठनात्मक र व्यवस्थापन सर्भेबिनै सरकारले सचिवको दरबन्दी थप गरेको हो । अब सचिव पदको दरबन्दी ६५ पुगेको छ । चार मन्त्रालय थपिएसँगै सचिवको दरबन्दी पनि थपिएको हो ।

नयाँ मन्त्रालय बनाउनुअघि अनिवार्य रुपमा संगठनात्मक र व्यवस्थापन सर्भे गर्नुपर्ने प्रावधान छ । सर्भेबिनै नयाँ मन्त्रालय थपेको सरकारले सचिव दरबन्दी थप्दा पनि नियम मिचेको छ । नयाँ थपिएका मन्त्रालयहरु खानेपानी तथा सरसफाइ, पशु विकास, वाणिज्य, जनसंख्या तथा वातावरण र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका लागि पाँच सचिव दरबन्दी थप गरिएको हो ।

मन्त्रालय र सचिव पद सिर्जना गरेपछि मात्र सरकारले ‘ओ एन्ड एम सर्भे’ गर्न सोमबार उच्चस्तरीय कार्यदल गठन गरिएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ ।

]]>