देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तराईमा सुरक्षा कमजोर रहेको सेनाको निष्कर्ष

देशान्तर

काठमाडौं । नेपाली सेनाले तराईमा सुरक्षा अवस्था कमजोर रहेको निष्कर्ष निकालेको छ । जंगी अड्डामा सोमबार सम्पन्न पृतनापतिहरुको समन्वयात्मक बैठकले तराई आन्दोलनका कारण मुलुकको राष्ट्रिय सुरक्षामा आन्तरिक र बाह्य चुनौती थपिएको निष्कर्ष निकाल्दै सरकारले तोकेको जिम्मेवारी वहन गर्न आफू तयार रहेको जनाएको छ ।

बैठकमा पृतनापतिहरुले तराईमा राष्ट्रिय सुरक्षा कमजोर भएको भन्दै सेनाले निर्वाह गर्ने भूमिका र आन्दोलनको ‘रेडलाइन’ के हो भन्दै प्रश्न गरेका छन् ।

६ वटै पृतनापति तथा उपत्यकास्थित महानिर्देशनालय र विभागीय प्रमुखसहितको बैठकमा सैनिक जर्नेलहरुले तराईको आन्दोलनलाई राजनीतिक रुपमा सम्बोधन गर्दै अवतरण गर्नुपर्नेमा जोड दिएका थिए । नयाँ पत्रिकामा समाचार छ । 

]]>