देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार कालो अर्थतन्त्रको चंगुलमा

देशान्तर

काठमाडौं । देशमा छाया (कालो) अर्थतन्त्र हाबी हुँदै जाँदा सरकार विस्तारै यसको चंगलमा फस्न थालेको छ । तीन महिनादेखिको तराई आन्दोलन तथा भारतको नाकाबन्दीका कारण कमजोर सरकार भएको मौका छोपेर उपभोग्य सामग्री विशेषतः पेट्रोलियम पदार्थको खुलेआम कालोबजारी गर्ने क्रमसँगै भूमिगत अर्थतन्त्र मौलाउन थालेको स्पष्ट देखिएको हो ।  

चालु आर्थिक वर्षको आर्थिक बृद्धि दुई प्रतिशतभन्दा तह रहने  अनुमान गर्ने अर्थमन्त्रालय कालो अर्थतन्त्रबारे अनभिज्ञ भने छैन । मंगलवार अर्थ मन्त्रालयमा राजस्व समीक्षा बैठकमा अर्थमन्त्री विष्णु पौडेलले अनौपचारिक अर्थतमन्त्र मौलाउने अवस्था देखिएको भन्दै अर्थतन्त्रका प्रमसख आधारहरुमा सुधार ल्याउन कर्मचारीलाई सुझाव दिँदै गर्दा विरटनगरस्थित विवादास्पद निजी विराट पेट्रोलियमले राजधानीमा ट्यांकरबाट सिधै उपभोक्तालाई चर्को मूल्यमा पेट्रोल बिक्री गरिरहेको थियो ।

यो एउटा उदाहरणमात्र हो, कसरी अर्थतन्त्र सरकारको हातबाट बाहिर जाँदैछ भन्ने । अपराध, भ्रष्टाचार, कालोबजार र तस्करीजस्ता गैरकानुनी क्रियाकलापवजन्इ आम्दानीलाई छाया अर्थतन्त्र, समानान्तर अर्थतन्त्र, भूमिगत अर्थतन्त्र वा कालो अर्थतन्त्र भनिन्छ । नागरिक दैनिकमा समाचार छ ।

]]>