देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाँच्न र पढ्न पाउनुपर्ने भन्दै चक्रपथमा विद्यार्थीको मानवसाङ्लो

देशान्तर

काठमाडौँ । विद्यार्थीको बाँच्न पाउने र पढ्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ भन्दै काठमाडौँको २७ किलोमिटर लम्बाईको चक्रपथमा विद्यार्थीसहितको मानवसाङ्लोले घेरी आज प्रदर्शन गरिएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार चक्रपथलाई मानवसाङ्लो बनाई विद्यार्थी, अभिभावक र सरोकारवाला सबैले घेरेका थिए । बिहान ११ देखि १ बजेसम्म दुई घन्टा मानवसाङ्लोमा बसेको देख्दा लाग्दथ्यो उनीहरु आफ्नो अधिकार लिएरै छाड्नेमा कटिबद्ध छन् ।  

निजी तथा आवासीय विद्यालय सङ्गठन ९प्याब्सन०, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन एनप्याब्सन, उच्चमाध्यमिक विद्यालय सङ्घ नेपाल हिसान, संयुक्त विद्यार्थी सङ्गठन, शिक्षक महासङ्घ, अभिभावक सङ्घ नेपाल, राष्ट्रिय अभिभावक सङ्घलगायतका अपिनमा आबद्ध सङ्घसंस्था र संयुक्त विद्यार्थी सङ्गठनको आह्वानमा तराई मधेसमा जारी आन्दोलन र भारतको नाकाबन्दी अन्त्य हुनुपर्ने माग राख्दै उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कलङ्की, सातदोबाटो, कोटेश्वर, चाबहिल, महाराजगन्ज चक्रपथ, बालाजु, स्वयम्भू हुँदै पुनः कलङ्कीसम्म मानवसाङ्लो तयार गरिएको थियो ।  एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले कार्यक्रममा कुनै प्रकारका कोणसभा या नाराबाजी नगरी विद्यार्थी तथा संलग्न अन्यले राष्ट्रिय झन्डा र नाकाबन्दी तथा बालबालिकाको हकअधिकार लेखिएको प्लेकार्ड, ब्यानरको प्रयोग गरेको जानकारी दिए ।

तराई मधेस आन्दोलनका कारण विगत तीन÷चार महिनादेखि त्यस क्षेत्रका विद्यालय पूर्णरुपमा बन्द छन् भने भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोल, ग्यासलगायतका इन्धनको अभावले काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा विद्यालय नियमित सञ्चालन हुन सकेका छैनन् । यसले विद्यार्थीको पठनपाठनका साथै प्रवेशिका परीक्षालाई समेत दीर्घकालीन असर पार्ने देखिन्छ । 

]]>