देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नाकाबन्दीबारे साझा धारणा बनाउन सुझाव

देशान्तर

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा कूटनीतिज्ञले भारतीय नाकाबन्दीका कारण उत्पन्न राष्ट्रिय संकट समाधानका लागि साझा धारणा बनाउन प्रमुख राजनीतिक दल र सरकारलाई सुझाव दिएका छन्।  उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले शुक्रबार परराष्ट्र मन्त्रालय सिंहदरबारमा आयोजना गरेको अनौपचारिक छलफलमा वक्ताहरूले राष्ट्रिय संकटका बेला नेपालको कूटनीति अत्यन्तै कमजोर बनेको भन्दै सरकारको आलोचनासमेत गरेका थिए।

पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भारतसँग औपचारिक र अनौपचारिक दुवै ढंगले सघनरूपमा संवाद गरेर नाकाबन्दी खुलाउन पहल गर्न सरकारलाई सुझाए। ‘भारतले किन अहिले नेपालमाथि नाकाबन्दी लगायो त ? हाम्रा कुन शीर्ष नेताले संविधान जारी हुनुअघि दिल्लीमा गएर के बाचा गरेर आएका थिए र के पूरा नगरेका कारण अहिले यो अवस्था आइपुग्यो, त्यसबारे छलफल गर्नु आवश्यक छ,’ उनले भने।

लोहनीले नेपालका नेताले भारतसँग बाचा गरेकामध्ये केही कुरा सम्बोधन गर्न सकिने भए त्यसबारे सोच्नुपर्ने बताए। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

]]>