देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नाकाबन्दीको विरोधमा चन्द माओवादीको बन्द

देशान्तर

काठमाडौं । नेत्रबिक्रम चन्द  नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण आइतबार उपत्यकामा कममात्र सवारीका साधन सञ्चालन भएका छन् । इन्धन अभावका कारण कममात्रै सवारी साधन गुडेका कारण पनि विप्लव माओवादीले आह्वान गरेको बन्दको असर देखिएको छ ।

यद्यपी बाहिरबाट उपत्यका भित्रिएका रात्रिबस चलेको भएपनि अहिले अन्य सवारी न्यून रुपमा मात्रै सञ्चालन भएको ट्राफिक प्रहरीले जनाएको छ । भारतीय नाकाबन्दीको विरोधमा आज बन्द आह्वान गरेको विप्लव माओवादीले जनाएको छ ।

यसैबीच चन्द  माओवादीले आह्वान गरेको बन्दलाई सफल बनाउन भन्दै हिँडेका २० जना बन्दकर्ता पोखरामा पक्राउ परेका छन् ।बन्दको प्रभाव देशभर नै समान्य रहेको बताइएको छ । 

]]>