देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रोल्पा पहिरो अपडेटः पुरिएका ६ जनाकै सव निकालियो

देशान्तर

रोल्पा । रोल्पामा पहिराले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाको थबाङ–२ छेर्लबाङमा गएराति मध्यरातमा आएको पहिरोमा पुरिएका सबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक लीला आचार्यले जानकारी दिए ।

मृत्यु हुनेमा २८ वर्षीय शीर कुमारी बुढा, उनका ४ वर्षीय छोरा असल बुढा, ३८ वर्षीय जय बुढा, ३६ वर्षीय मूलज्योति बुढा, ९ वर्षीय देवस्थी बुढा र २ वर्षीय करिश्मा बुढा रहेका छन् ।

पुरिएको घरमा दुई परिवारका ६ जना बस्दै आएका थिए । दुईतले ढुंगे घरको माथिल्लो तला र तल्ला तलामा सुतिरहेका ६ जनालाई पहिरोले पुरेको थियो । पहिरोमा घरमा रहेका चौपाया पनि पुरिएका छन् ।

पछिल्लो केही दिनदेखि लगातार आएको अबिरल बर्षाका कारण जिल्लाभरको बिभिन्न स्थानहरुमा लगाइएको कृषि बालीमा समेत ठुलो क्षति पुगेको छ ।

सदरमुकाम बाहिरका अधिकांश ग्रामिण सडगहरु पनि पहिरोका कारण अबरुद्ध हुदाँ आवतजावत गर्न कठिनाई भएको बताइएको छ