देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाँके आक्रमणको विरोधमा प्रदर्शन गर्ने कांग्रेसको घोषणा

देशान्तर

काठमाडौं । जागरण अभियानमा आक्रमण भएको विरोधमा नेपाली कांग्रेसले प्रदर्शन गर्ने भएको छ ।

पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, माइतीघर मण्डलामा प्रदर्शन गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापतिको नेतृत्वमा शनिबार ८ बजे गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र ३ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने कार्यक्रम राखिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

घटनामा संलग्नहरुलाई तत्काल कारबाही नगरे थप आन्दोलन घोषण गर्ने भक्तपुर सभापति दुर्लभ थापाले बताए ।

जागरण अभियानको दोस्रो चरणका क्रममा बिहीबार बाँकेको खजुरा नागपालिका २ सीतापुरमा भएको कार्यक्रम सत्तारुढ नेकपाका कार्यकर्ताले विथालेको थियो । त्यसक्रममा बाँके सभापति किरण कोइरालाको हात भाँच्चिएको छ ।