देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआईसी एशिया बैंक र ग्लोबल कि टेक्नोलेजिजबीच क्यासब्याक सम्झौता

देशान्तर

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र ग्लोबल कि टेक्नोलेजिज बीच रिचार्जर एपबाट एन आई सी एशियाको मोबाइल बैंक प्रयोग गरी त्तच् मार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा १० प्रतिशत क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार रिचार्जर एप तथा वेभसाईट प्रयोग गरी वान प्लस सेभेन मोबाइल फोन किन्ने ग्राहकले एनआईसी एशिया बैंकको मोबाइल बैंक मार्फत् भुक्तानी गर्दा १० प्रतिशत क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

अन्य बैंकको मोबाइल बैंकिङमार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा भने ग्राहकले पाँच प्रतिशत क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना भाद्र १८ देखि आश्विन १ गते सम्मका लागि लागू हुनेछ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र ग्लोबल कि टेक्नोलेजिजको तर्फबाट कम्पनीका अध्यक्ष किसन राईले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।