देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उत्तर कोरियाले जुन महिनामा पछि नवौं पटक मिसाइल प्रक्षेपण गर्‍यो

देशान्तर

अमेरिकासँग वार्ताको तयार भइरहेका बेला उत्तर कोरियाले आज फेरि अर्को मिसाइल प्रक्षेपण गरेको छ । उत्तर कोरियाले जापानको दक्षिणपूर्वी कङ्ग्वान प्रान्तको बोनसनबाट पूर्वी समूद्रतर्फ मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरिया र जापानले पुष्टी गरेका छन् ।

जापानले उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेकाले आफ्ना जहाजहरुलाई त्यसतर्फ नजान आग्रह गरेको बताइएको छ ।

जापानका सरकारी अधिकारीहरुले आफ्नो विशेष आर्थिक क्षेत्रमा केही मिनेटको अन्तरमा दुईवटा मिसाइल प्रक्षेपण गरिएको दावी गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाले नेता किम जोङ उनबीच गत जुन महिनामा भएको भेटवार्तापछि उत्तरले नवौं पटक मिसाइल प्रक्षेपण गरेको हो ।