देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएन अष्ट्रेलियाको एनएसडब्लु संयोजकमा प्रतिज्ञा अधिकारीको उम्मेदवारी

देशान्तर

एनआरएन एनएसडब्लु संयोजककी प्रत्याशी प्रतिज्ञा अधिकारी ।

सिड्नी । एनआरएनए अस्ट्रेलियाको चुनाब नजिकिँदै जाँंदा विस्तारै प्रत्यासीहरुको चर्चा र गतिविधि बढ्दै गएको छ । आउँदो अगष्ट २८ तारिखका दिन सम्पन्न हुने निर्वाचनका निम्ती उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दै गएको छ । यसैबीच अस्ट्रेलियामा बसोबास गर्ने लोकतन्त्रवादी नेपालीहरुले न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यको एनआरएनए राज्य परिषद्को लागि संयोजकसहितको उम्मेदवारी घोषणा गरेका छन् ।

लोकतन्त्रवादीहरुले एनआरएनको एनएसडब्लु संयोजकसहितका उम्मेदवारहरुको नाम घोषणा गरिएको स्टेरिङ कमिटीका संयोजक सुरेन्द्र सापकोटाले जानकारी दिए । कमिटीले सर्वसम्मत निर्णय गर्दै प्रतिज्ञा अधिकारीलाई एनआरएनए एनएसडब्लु संयोजक पदमा उम्मेदवार बनाउने निर्णय गरेको सापकोटाले बताए । आईतबार सिड्नीमा एक भव्य कार्यक्रमका बीच संयोजक अधिकारीसहितका उम्मेदवारहरुको नाम सार्वजनिक गरियो ।

अन्य उम्मेदवारहरुमा उपसंयोजक पदमा चोलाकान्त कोइराला, ज्वाइन्ट सेक्रेटरीमा राकेश जोशी, सेक्रेटरीमा विनोद कुवँर र कोषाध्यक्षमा भावना श्रेष्ठले लाई उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै एनएसडब्लु राज्य परिषद्को युवा संयोजकमा विक्रम दाहाल र युवा उप–संयोजकमा राजेश टण्डनलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

राज्य परिषद् सदस्य पदका लागि सागर रिजाल, रोजि पन्त, सारंगा श्रेष्ठ, एकनाथ सुवेदी, राज गुरुङ, सुमन ओली, प्रमोद भट्टराई, आशिष उप्रेती, रविन सापकोटा, सन्दिप अधिकारी, धनेष चौधरी, र कृष्णप्रसाद सेढाईलाई उम्मेदवार बनाउने निर्णय गरिएको सापकोटाले बताए ।

त्यस्तै युवा सदस्यहरुमा सुजन सापकोटा, प्रशान्त सापकोटा र प्रकाश बराललाई उम्मेदवार बनाइएको छ ।

एनएसडब्लु राज्य संयोजकमा उम्मेदवार बनेकी अधिकारी करिब एक दशकदेखि एनआरएन अभियानमा सक्रिय रहँदै आएकी छिन् । उनले एनआरएन अभियानको विभिन्न भूमिकामा रहेर काम गरिसकेकी छिन् ।

आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले एनआरएनए अभियानप्रति सबै गैर आवासीय नेपालीहरुको अपनत्व महशूस गराउन व्यापक सामुदायिक सहकार्यमूलक कार्यक्रमहरु ल्याउन, मातृभूमि नेपालमा पहुच नपुगेका गरिब, दुखि, तथा असहायहरुका लागि कल्याणकारी परियोजना हरुलाई अरु बिस्तार गर्न, समुदायको हितमा अस्ट्रेलिया सरकारद्वारा प्राप्त हुन सक्ने सरकारी अनुदानका लागि बिज्ञहरु सहितको एउटा ‘ग्रान्ट कमिटी’ गठन गर्ने लगायतका जिम्मेवारी पूरा गर्नको निमित्त आफूले उम्मेदवारी दिएको बताइन् ।

‘‘म आफू सधै टिम वर्कमा बिश्वास गर्दछु । एनएसडब्लू राज्यमा रहनुहुने बृहत समुदायका सदस्यहरु तथा एनआरएनए टिमका सदस्यहरुले प्रस्तूत गर्ने सबै रचनात्मक सुझाव हरुलाई सधै उच्च सम्मान गर्दै प्राथमिकतामा राख्ने छु’, उनले भनिन् ।