देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सगरमाथा दिवस न्युयाेर्कमा मे २९ मा मनाइने

देशान्तर

न्युयोर्क राज्यले मे २९ का दिनलाई सगरमाथा दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा माथि प्रथम पटक मानव पाईला टेकेको एैतिहासिक दिनको स्मरणमा अन्तरराष्ट्रिय सगरमाथा दिवस को रुपमा मनाईने निर्णय भएको घोषणा न्युयोर्क राज्य बिधान सभा सदस्य सदस्य जेनिफर राजकुमारले गरेका हुन् । यूएस नेपाल क्लाईम्बर्स एसोसिएशन र युनाइटेड शेर्पा एसोसिएशनद्वारा संयुक्त रुपमा आयोजित विश्व सगरमाथा दिवसको उपलक्ष्यमा बिधानसभा सदस्य राजकुमारले अर्को सालको विश्व सगरमाथा दिवस न्युयोर्कको राजधानी आल्बनीको एसेम्ब्ली हलमा मनाउनका लागि निमन्त्रणा पठाइने जानकारी दिए ।

No description available.


कोभिड्-१९ को कारण ठुल्ठुला जमघट गर्न नमिल्ने भएको र मातृभूमि नेपालमा हज्जारौं दाजुभाई दिदीबहिनीहरुले ज्यान गुमाईरहेको अवस्थामा बढी तामझाम् गर्नु उपयुक्त नहुने भएकोले गत साल र यस सालको सगरमाथा दिवस ज्यादै सीमित अतिथिहरुको उपस्थितिमा गर्न वाध्य भयौं । उनले भने । कार्यक्रमको शुरुमा दीप प्रज्वलन गरी हिम आरोहणका क्रममा दिवंगत हुने आरोहीहरु र कोभिड्-१९ कारण ज्यान गुमाउन परेका सबैको चिर शान्तिको लामा गुरुहरुबाट पूजा प्रार्थना गरिएको थियो ।

अतिथिको आसनबाट बोल्नु हुँदै गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टर अध्यक्ष सोमनाथ घिमिरेले मे २९ को दिनलाई सगरमाथा दिवसको रुपमा मनाईने गरी न्युयोर्क स्टेट् एसेम्ब्लीको निर्णय प्रति आभार प्रकट गर्दै यो दिवसको अस्तित्व मेटाउने गरी अन्य कुनै दिवस ल्याउन नहुने कुरा बताए ।

रोटरी क्लबका सहायक गभर्नर नवराज केसीले सगरमाथा दिवस हामी सबैको गौरब भएको हुनाले यस दिवसको पहिचान जोगाउन हामी सबै जागरुक हुनु पर्नेमा जाेड दिए । । कार्यक्रममा न्युयोर्क काउन्सिल डिस्ट्रिक्ट-25 का पूर्व चीफ् स्टाफ क्यारोलिन् ट्र्यान, शेर्पा किदुगका पूर्व अध्यक्ष तथा आदिबासी जनजाति महासंघ अमेरिकाका संस्थापक अध्यक्ष कर्मा ग्याल्जेन शेर्पा, किदुगका पूर्व अध्यक्ष तथा क्वीन्स् कम्युनिटी बोर्ड सदस्य उर्गेन शेर्पा, यू एस नेपाल क्लाईम्बर्स एसोसिएशनका संस्थापक अध्यक्ष किपा शेर्पा र शेर्पा संघ अमेरिकाका अध्यक्ष आङ जाङ्बु शेर्पाले आआफ्नो मन्तव्य राखेका थिए ।

No description available.


शेर्पा किदुगका अध्यक्ष छिरिङ् शेर्पाले “मे २९ भनेको नेपाल डे पनि होइन नेपाल परेड डे पनि होइन यो दिन सगरमाथा दिवसको रुपमा स्थापित भैसकेको छ” भने । यूएस नेपाल क्लाईम्बर्स एसोसिएशनका अध्यक्ष पासाङ् निमा शेर्पाले न्युयोर्क राज्यले मे २९ लाई सगरमाथा दिवसको रुपमा मनाउने निर्णयको स्वागत गर्दै न्युयोर्क राज्य सरकार र यू एस नेपाल क्लाईम्बर्स एसोसिएशन लाई विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिए ।

No description available.

प्रमुख अतिथि एसेम्ब्ली मेम्बर जेनिफर राजकुमारले क्लाईम्बर्स अध्यक्ष पासाङ् निमा शेर्पालाई राज्य सरकारबाट सगरमाथा दिवसको नाममा दिएको रेजिलुशन प्रमाणपत्र, यू एस नेपाल क्लाईम्बर्स एसोसिएशनलाई साईटेशन र अध्यक्ष पासाङ् ङिमा स्वयंलाई पनि प्रसंशा स्वरुप ब्यक्तिगत साईटेशन गरी तीनवटा प्रमाणपत्र एकै पटक हस्तान्तरण गरे । सगरमाथा दिवस कार्यक्रम मा करिब ४० जना भन्दा बडि सगरमाथा आरोही का साथै सगरमाथा आरोहन मा बिभिन्न कृतिमान कायम गर्ने आरोही हरुको सहभागिता रहेको थियो र यस कार्यक्रम का संचालन संस्थाका महासचिब मिङ्मार लामाले गरेका थिए ।

No description available.