देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिका एनआरएनमा लामिछाने जित नजिक

देशान्तर

कृष्ण लामिछाने

न्युयोर्क । निर्वाचनको संघारमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको नेतृत्वका लागि कृष्ण लामिछाने जितको संघारमा रहेको अमेरिकाभरि चर्चा छ ।

टेक्ससको डालसस्थित नेपाली मन्दिरबाट औपचारिक उमेद्ववारी घोषणा गरेर एनसीसी अमेरिकाको नेतृत्वका निम्ति यतिबेला सुझाव संकलनसहित मतदाता र समर्थक भेट्न विभिन्न राज्यको भ्रमणमा रहेका लामिछाने लामो समयदेखि विभिन्न सामाजिक संघसंस्था र एनआरएनए आबद्ध ब्यक्ति हुन् । साथै उनले आफ्नो समूहमा नेपाली कांग्रेस समर्थित जनसम्पर्क समितिमा विभिन्न समूहमा रहेर क्रियाशील भएकाहरूलाई एकत्रित बनाएर आफ्नो समूह घोषणा गरेकाले पनि उनको जित सुनिश्चित जस्तै भएको हो ।

यसअघिको निर्वाचनमा पनि उम्मेदवारी दाबी गरेर फिर्ता भएका लामिछाने यसपटक चुनाव जित्ने निश्चित यात्रामा अमेरिकाभरि मत माग्दै हिडिँरहेका छन् ।

झन्डै दुई दशकदेखि अमेरिकाको टेक्सस राज्यस्थित डालसलाई कर्मक्षेत्र बनाएर क्रियाशील व्यवसायी लामिछाने विभिन्न संघसंस्थामार्फत प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेकाले उनीप्रतिको विश्वास नेपाली समुदायमा मजबुत रहेको पाइन्छ ।

गोरखाको नामजुङमा जन्मिएका लामिछाने वर्तमान कार्यसमितिका बोर्ड अफ डाइरेक्टर पनि हुन् र उक्त बोर्डले टेक्सासमा सुरुआती दिनबाट नै सामाजिक कर्मलाई अघि बढाएको थियो ।

नेपाली समाज टेक्ससका पुराना सदस्य उनी नेपाली पाठशाला र समर क्याम्पसमेत चलाएर नेपाली बालबालिका तथा भाषागत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका लामिछाने यस अघि एनआरएनए अमेरिका तथा आईसीसीका विभिन्न पदमा रहेर काम गरिसकेका व्यक्ति हुन् । सन् २००५ देखि नेपाल डेमोक्रेटिक फोरम, डालसको अध्यक्ष रहेका थिए भने २००७ मा आईसीसीको दोहोरो नागरिकता समितिको सदस्यसमेत रहेका उनी आईसीसी अन्तरगत नेपाली भाषा साहित्य समितिको संयोजकका रूपमा पनि काम गरेका अनुभवी अभियन्ता हुन्, जसले आईसीसीको मानार्थ सदस्य तथा एनआएरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टर भएर संस्थागत रूपमा क्रियाशील छवि बनाउँदै हालको एनसीसी नेतृत्व पदको दाबेदारीसम्मको यात्रा तय गरेका छन् ।

जनसम्पर्क समिति अमेरिका स्थापना लामिछानेकै पहलमा भएको हो । उनीसहित केही समूह मिलेर स्थापना गरेको जनसम्पर्क समितिका उनी संस्थापक महासचिवसमेत हुन् ।

सन् २००९ मा उनी ड्यालस एभरेस्ट लायन्स क्लबको सभापति निर्वाचित उनकै नेतृत्वमा सीएनएन हिरो पुष्पा बस्नेतको क्याम्पियन चलेको थियो । जसको कदरस्वरूप लामिछानेले सो समय प्रेसिडेन्टल अवार्ड प्राप्त गरेका थिए ।

सन् २०१३ देखि २०१५ सम्म नेपाली समाजको सदस्य रहेका लामिछानेले २०१५–२०१७ अध्यक्ष भएर काम गरेका थिए । यी र यस्ता धेरै सामाजिक गतिविधिमा सक्रिय उनी मातृभूमि नेपालका समस्या माथि पनि सधैं सचेत र गम्भीर देखिने नेपाली हुन् जसले आफ्नो कार्यकालमा नेपाली समाज टेक्ससको तर्फबाट उल्लेख्य काम गरेका थिए । उनको पहलमा नेपालमा १२ वटा स्कुलहरू निर्माण भएका थिए । व्यक्तिगत रूपमा पनि नेपालका गरिब तथा जेहेनदारलाई छात्रवृत्तिदेखि अन्य धेरै सहयोगहरू गरेका छन् । गोरखाको नामजुङका जलदेवी प्रावि र जनशक्ति उच्च मावि उनकै व्यक्तिगत पहलमा निर्माण भएका हुन् भने भूकम्पका समय पीडित परिवारका लागि दुई करोडभन्दा बढी रकम उनकै पहलमा संकलन गरिएको थियो ।

अमेरिकाका रहेका नेपाली सम्बद्ध संस्थाहरूमा निभाएको जिम्मेवारी र नेपाली भाषा, संस्कृति र मातृभूमि नेपालका समस्यामा समेत सधैं सक्रिय भूमिकामा देखिने लामिछानेको उमेद्ववारी यस पटक सबैभन्दा चर्चामा रहेको छ ।

खासगरी विभिन्न कारणले अमेरिकामा अप्ठेरोमा परेका र निधन भएकाहरूका लागि उनी खटिरहेको देखिन्छ । कसैको आडमा नभई अमेरिकामा रहेका नेपालीहरूको चाहनाले नै उमेद्ववारी दिएको बताउने लामिछानेले गरेको अर्को महत्वपूर्ण काम प्रवासी नेपालीका बालबालिकाका लागि कक्षा ६ सम्मको नेपाली पुस्तक प्रकाशन पनि हो । जो हाल विश्वभरि रहेका नेपाली बालबालिकाले नेपाली भाषा सिक्नका लागि अत्यन्त उपयोगी बनिरहेको छ ।

महासचिवका प्रत्याशी विनोद भट्ट

नेपाली कांग्रेसको भ्रातृ संगठन जनसम्पर्क समितिको स्थापना उनकै पहलमा भएकाले पनि लामिछानेसँग कांग्रेस निकट व्यक्तिहरूको पूर्ण समर्थन रहने देखिन्छ । यस पटकको उनको उमेद्ववारीप्रति जनसम्पर्क समिति अमेरिकाका पूर्वसंयोजक तथा नेपाली कांग्रेसका महासमिति सदस्य विष्णु सुवेदीलगायत आईसीसीका सचिव गौरीराज जोशी, सल्लाकार हरिबोल भण्डारी, आरसी राजन त्रिपाठीलगायत अमेरिकामा रहेका धेरै आईसीसी सदस्यहरूको समेतको लामिछानेलाई समर्थन रहेको बुझिएकाले पनि यसपटकको एनसीसी अमेरिकाको निर्वाचनमा लामिछानेको उम्मेद्ववारीको चर्चा रहेको पाइएको छ । कृष्ण लामिछानेको टिममा महासचिवमा नेपाली जनसम्पर्क समितिका नेता विनोद भट्ट छन् भने वरिष्ठ उपाध्क्षयमा कृष्णजीवी पन्त उपाध्यक्षमा नेपाली कांग्रेसका विभागीय सदस्य विकास उप्रेती, चन्द्र लामा र प्रवीण केसी रहेका छन् भने सचिवमा अस्टिन निवासी समाजसेवी द्रोण गौतम रहेका छन् ।

महिला उपाध्यक्षमा भण्डारीको चर्चा

क्रान्ति अर्याल भण्डारी

लामो समयदेखि अमेरिकामा बसेर विभिन्न सामाजिक कार्यमा संलग्न सान फ्रान्सिस्को अमेरिका निवासी श्रीमती क्रान्ति अर्याल भण्डारी एनआरएन अमेरिकाको महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी छिन् ।

अमेरिकाको विभिन्न व्यावसायिक संगठनहरूमा दक्ष एकाउन्टिङ सेवा दिइरहेकी उनी नेपाल जनसम्पर्क समिति केसी समूहको केन्द्रीय उपाध्यक्ष पनि हुन् । नेपालदेखि नै कांग्रेसी परिवारकी सक्रिय सदस्य भण्डारी अहिले अमेरिकामा विभिन्न सामाजिक कार्यहरूमा संलग्न छिन् । आगामी एनआरएन अमेरिकाको निर्वाचनमा महिला उपाध्यक्ष उम्मेदवारमा उनको चर्चा सबैभन्दा बढी छ । त्यसैले उनी जितको नजिक रहेका एनआरएन अमेरिकाका मतदाताहरूको भनाइ छ ।

केन्द्रीय सदस्यमा पहारी निकै चर्चित

सन्तोष पहारी

एनआरएन अमेरिकाको चुनावमा आईसीसी सदस्य (केन्द्रीय सदस्य) का लागि जर्जिया एट्लान्टा निवासी चर्चित व्यवसायी एवम् नेपालमा हुँदा नेविसंघका नेता सन्तोष पहारी सन्निकट चुनाबका लागि अहिले सबैभन्दा बढी चर्चामा छन् । जनसम्पर्क समिति अमेरिकामा रहेर लामो समय काम गरेका उनी जर्जिया एटलान्टामा एनआरएनए अमेरिकाको च्याप्टर खोल्न सबैभन्दा सक्रिय थिए । त्यसैले अहिले उनी आईसीसीका उम्मेदवार बनेका हुन् । उनलाई अमेरिकाभरिका एनआरएनको समर्थन रहेको बुझिएको छ । अमेरिकाबाट आईसीसीमा उनको जित सुनिश्चित रहेको अमेरिका एनआरएनका अभियन्ताहरूकोे भनाइ छ । उनी एनआरएन अमेरिकामा कृष्ण लामिछाने समूहलाई विजयी गराउन कम्मर कसेर लागिरहेका छन् ।