देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कास्कीमा डढेलोको कारण पचास हेक्टर वन प्रभावित

देशान्तर

पोखरा। लामो समयसम्म पानी नपरी खडेरी बढिरहेको अवस्थामा कास्की जिल्लामा ५० हेक्टरभन्दा बढी वन डढेलाका कारण प्रभावित भएको छ । 

जिल्लाका पञ्चासे, सितुमकसेरी, रानीवन, लामाचौर लगायत वनमा डढेलाले धेरै प्रभाव पारेको जिल्ला वन अधिकृत प्रभात सापकोटाले जानकारी दिए ।  उनका अनुसार डढेलो न्यूनीकरणका लागि स्थानीय सञ्चारमाध्यमबाट सूचना प्रवाह गरिए पनि डढेलो लाग्ने क्रम रोकिएको छैन । कार्यालय अन्तर्गतका आठ इलाका कार्यालय मार्फत पनि डढेलो न्यूनीकरणका लागि प्रयास भइरहेको छ । 

लामो समयसम्म पानी नपरेको र डढेलो लाग्ने क्रम बढिरहेका कारण कास्की र आसपासका क्षेत्रमा तुवाँलो बाक्लिदै जाने क्रम पनि बढेको छ । तुवाँलोका कारण पोखराको हवाई यातायात सेवाका साथै यहाँको साहसिक पर्यटनका रुपमा प्रसिद्ध प्याराग्लाइडिङ पनि प्रत्यक्ष प्रभावित हुँदै आएका छन् । 

]]>