देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुवेतमा सात नेपाली महिला पक्राउ

देशान्तर

 कुवेतमा कार्यरत सात नेपाली महिला पक्राउ परेका छन् ।

कुवेत प्रहरीले घरेलु कामदारलाई भगाएर अर्को साहूलाई बेचेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले घरेलु कामदार आपूर्ति गर्ने म्यानपावर कम्पनीको इजाजत नलिई काम गरिरहेका महिलालाई आर्थिक प्रलोभनमा पारी अवैध हैसियत वनाएर बेचबिखन गर्दै आएको आरोप उनीहरूलाई लगाएको छ ।

उनीहरुको नाम भने कुवेत प्रहरीले खुलाएको छैन । पछिल्लो समय भारतीय बाटोबाट नेपाली महिलालाई कुवेत लैजान कठिन भएपछि दलालहरूले घरमै काम गरिरहेका नेपालीलाई भगाउने र अर्को साहुलाई बिक्री गर्ने गरेका छन् ।

कोरोना संक्रमण फैलिएपछि घरेलु कामदार ल्याउन कुवेतले रोक लगाएको थियो । गत बिहीबार कुवेतले नेपालसहित ५ देशका नागरिकलाई घरेलु कामदारका रुपमा आउन खुला गरेको छ ।