देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएन विवाद – ‘नेतृत्वले बलजफ्ती गरेपछि परराष्ट्र गुहार्यौं’

देशान्तर

गैरआवासीय नेपाली संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएका संघका पाँच पदाधिकारी तथा सदस्यहरुले नेत्रित्वले बैधानिक प्रकृया, सहमति सहकार्य र एकताको आधारमा संस्था सन्चालन गर्ने पद्धती तोडेर बलजफ्ती गरेपछि परराष्ट्र मन्त्रालय गुहार्न पुगेको बताएका छन् ।

संघका अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्माले संघको केन्द्रीय समितिबाट पारित नै नगरी एकलौटी रुपमा विशेष महाधिवेशनको घोषणा गरेको उनिहरुले आरोप लगाएका छन ।

गैरआवासीय नेपाली संघले यही जनवरी २३ र २४ मा भर्चुअल माध्यमबाट हुने गरी विशेष अधिवेशन आह्वान गरेको छ । संघको नवौं अधिवेशनमा पारित हुन नसकेका आर्थिक र सांगठनिक प्रतिवेदनसँग विधान संशोधन प्रस्ताव पनि पारित गराउने उद्धेश्यले विशेष अधिवेशन आह्वान गरिएको हो ।

उक्त विशेष अधिवेशन विधान विपरीत रहेको भन्दै संघको अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्यहरु चिन्तामणि सापकोटा, दीपक शर्मा, शंकर खड्का र विजय मोक्तान तथा अफ्रिका क्षेत्र संयोजक रोशन थापाले गत आइतबार परराष्ट्र मन्त्रालयमा अधिवेशन रोक्न माग गर्दै निवेदन दर्ता गरेका थिए ।

चार दिशा डटकम तथा ग्लोबल नेप्लिज डटकमद्वारा मंगलबार संयुक्त रुपमा आयोजित अन्तरक्रियामा बोल्दै सापकोटाले विधान र प्रक्रियाका बारेमा आइसिसीमा पटक पटक गरिएको आग्रह सुनुवाइ नभएपछि बाध्य भएर परराष्ट्र मन्त्रालयमा जानु परेको बताए । उनले अधिवेशन भएको तीन महिना भित्र गरिसक्नुपर्ने विशेष अधिवेशन कार्यकाल नै सकिने बेलामा बोलाइनु र अधिवेशनले दिएको दायित्व भन्दा बढी विषय समेटेर विशेष अधिवेशन आह्वान हुनु अवैधानिक रहेको दाबी गरे ।

त्यस्तै, अर्का निवेदक शंकर खड्काले कार्यसमितिमा बहुमतलाईसमेत उपेक्षा गरेर नेतृत्वले एकलौटी रुपमा अधिवेशन बोलाएको बताए । उनले मन्त्रालयले पनि सुनुवाइ नगरे आफूँहरु अदालतसम्म जान बाध्य हुने चेतावनी दिए ।

अफ्रिका संयोजक रोशन थापाले विधान संशोधनमा देखिएको हतारले आशंका उत्पन्न गरेको बताए । उनले नेतृत्वले नै गुटबन्दी गरेर आफ्नो र अर्को देखाउने षड्यन्त्र गरेको आरोप लगाए । त्यस्तै, अर्का निवेदक दीपक शर्माले एनसीसीहरुलाई आइसिसीले नियन्त्रण गर्न नसक्ने भन्दै अहिलेको नेतृत्वले एनसीसीहरुलाई बेवास्ता गरेको दाबी गरे । त्यस्तै आइसीसी सदस्य विजय मोक्तानले विधान संशोधनको अजेण्डा विशेष अधिवेशनमा आउनै नसक्ने बताए ।

निवेदकहरुले भौतिक रुपमा उपस्थित भएर गरिनुपर्ने अधिवेशनलाई भर्चुअल रुपमा गर्न खोजिनु नै गलत रहेको दाबी गरे ।

कार्यक्रममा संघका आईसिसी सदस्यहरु सुबाश जोशी, दयानीधि सापकोटा र गुणराज शर्माले गत महाधिबेशनमा पारीत हुन नसकेका बिषयलाई एजेन्डा बनाएर बिशेष अधिबेशन बोलाउन आफुहरुले बारम्बार माग गर्दा बेवास्ता गरेको , बर्तमान समितीको पहिलो बैठकमा तीन महिनi भित्र बिशेस अधिबेशन गर्ने निर्णय भए पनि कार्यन्वयन नगरिएको र आगामी निर्वाचनमा संस्थालाई आफ्नो नियन्त्रणमा राख्ने गलत मनसायले बिधान सम्सोधन लगायतका दीर्घकालिन असर् गर्ने एजेन्डा बिशेष अधिबेशनमा पास गराउने तयारी गरेकोले यो कदम चाल्ने अवस्था सिर्जना भएको धारणा राख्नु भएको थियो ।

गैरआवासीय नेपाली संघमा पछिल्लो समय विवाद चुलिदै गएको छ ।