देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओलीको कदम सच्याउन माग गर्दै नेप्लिज अस्ट्रेलियन डेमोक्याट्रिक फोरमले राजदूतलाई बुझायो ज्ञापन पत्र

देशान्तर

नेप्लिज अस्ट्रेलियन डेमोक्याट्रिक फोरमले नेपालमा भएका पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

फोरमका अध्यक्ष सुरेन्द्र सापकोटाको टोलीले अस्ट्रेलियामा रहेको नेपाली राजदूतावासमा राजदूत महेशराज दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।

पुस पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भंग गरेपछि फोरमले ज्ञापन बुझाएको हो ।

मुलुक सिंगो कोभिड १९ बाट आक्रांन्त भएका बेला प्रधानमन्त्री ओलीको व्यक्तिगत आंकक्षा र असंवैधानिक प्रकृयाबाट संसद् विघटन गरि देशलाई गम्भीर राजनीतिक अन्योल र संकट तर्फ धकेल्नु लोकतान्त्रिक मूल्य मान्यता विपरित रहेको पनि राजदूत दाहाललाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

साथै ओली नेतृत्वको सरकारले जनताका जन–जिवीका र सुविधाका विषयबाट विमुख र निरपेक्ष हुदै गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम यथाशिघ्र सच्याउन र प्रतीनिधी सभा पुनर्स्थाना गर्न पनि माग गरिएको छ ।

प्रधानमन्त्री ओलीको निरकुंस कदम नेपाल र नेपाली जनता कसैको पनि हितमा नभएको भन्दै राजनीतिक दलका नेताहरुलाई वाहय शक्तिको प्रभावमा नपरी देशको हितमा एकजुट हुन र मुलुकलाई राजनितिक निकास दिन पनि अनुरोध गरिएको छ ।

विघटनको विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रवेश पाइसकेको अवस्थामा देशको सर्वोच्च न्यायिक निकायले संविधानको रक्षा गर्दै नेपाल र नेपाली जनताको सर्वोपरी हितमा निर्णय लिने विश्वास पनि गरिएको छ ।