देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधिसभा पुनर्स्थापना गर्न प्रवासी नेपाली एकता मञ्च युकेको माग

देशान्तर

 सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रवासस्थित संगठन, प्रवासी नेपाली एकता मञ्च युके, ले नेपालमा विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न माग गरेको छ।

प्रवासी नेपाली एकता मंच युके राष्ट्रिय कार्यसमितिको कमिटिका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले विभिन्न त्यस्तो माग गरेको हो ।  बैठकको संचालन कमिटिका सचिव सुरेश गौतमले गरेका थिए।

“सरकारको नीति तथा कार्यक्रम र बजेट पास हुन अवरोध नभएको साथै सरकार सञ्चालनमा पार्टीले कुनै अवरोध नगरेको अवस्थामा अवरोध भयो भन्दै प्रधानमंत्री  के पी शर्मा ओलीले प्रतिनधिसभा विघटन गर्नु गलत भएको कुरा यस बैठकले ठहर गरेको छ  । संवैधानिक व्यवस्था विपरीत भंग गरिएको प्रतिनिधिसभा पुनर्स्थापना नभए संविधान माथि नै प्रस्न उठ्ने भएकोले प्रधानमन्त्री ओलीले विधि, विधान पार्टी निर्णय केही पनि नमानेको र संविधानसमेत मिच्दै अगाडि बढेको अवस्थामा अब पार्टी एकताको पक्षमा भएका सबै पार्टी कार्यकर्ताहरू प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आ-आफ्नो ठाउँ बाट दृढतापूर्वक उभिनको लागी आब्हान गर्ने निर्णय गरियो। यस निर्णयमा यस कमिटिका दुइ जना सदस्यहरुले असहमति ब्यक्त गर्नु भयो भने अन्य दुइ जनाले सर्बोच्च  अदालतको फैसला नआउंदासम्म यस विषयमा मौन बस्ने विचार ब्यक्त गर्नु भयो,” बैठक पछि जारी विज्ञप्तिमा जनाइएको छ।

“पार्टी विभाजन हुने तहमा पुगेको वर्तमान परिस्थितीमा पार्टीका नेता र आफ्ना सहकर्मी साथीहरूलाई अशोभनीय र गैह्र राजनीतिक टिप्पणीहरु नगर्न सचेत गर्ने निर्णय गरियो। पार्टी अनुशासन विपरित जाने सदस्यहरुलाई सचेत गराउंदै आवश्यक परे कारवाही समेत गर्ने निर्णय गरियो,” विज्ञप्तिमा भनिएको छ।

बैठकले वर्तमान परिस्थितिको बारेमा स्वतन्त्र र नागरिक समाजका व्यक्तिहरुसंग अन्तरक्रिया गर्ने निर्णय समेत गरेको छ ।