देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुङ्जिन् लोपोन रिन्पोछें र गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष बीच भेटवार्ता

देशान्तर

न्यूयोर्क । दुङ्जिन् लोपोन रिन्पोछें दावा साङ्बो योल्पोमा र गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका का केन्द्रीय अध्यक्ष सोमनाथ घिमिरेवीच फाउण्डेशनकै कार्यालय न्यूयोर्कमा भेटवार्ता भएको छ । सो भेटवार्तामा फाउण्डेशनका उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं महिला संयोजक दावा शेर्पा, केन्द्रीय सदस्य एवं समुदाय प्रबन्ध निर्देशक छिरिङ राप्के लामा र सदस्य सोना याङ्जी शेर्पा लगायतको विशेष उपस्थिती रहेको थियो।

उक्त भेटवार्तामा रिन्पोछें योल्पोमाले लेखेको बौध्द ग्रन्थ प्रकाशन र न्यूयोर्कमा विमोचन गर्ने सम्बन्धमा व्यापक छलफल भएको थियो। यसरी भएको भेटवार्तामा ँजिपिके फाउण्डेशन अमेरिकाको नयाँ कार्यालय स्थापना गरेकोमा अध्यक्ष सोमनाथ घिमिरे एवं उपस्थित पदाधिकारीहरूलाई रिन्पोछेंले शुभ आशीर्वाद तथा अष्टमङ्गल अंकित खादा सहित हार्दिक शुभकामना व्यक्त गरेका थिए ।