देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जिपिके फाउण्डेशन अमेरिकाद्वारा पत्रकारहरुलाई सम्मान पत्र प्रदान

देशान्तर

लण्डन। गिरिजा प्रसाद कोइराला (जिपिके) फाउण्डेशन अमेरिकाले कोभिड –१९ को संक्रमणबाट नेपाली समुदायलाई जोगाउन सकृय भूमिका निर्वाह गर्ने विपिन निरौला लगायतका पत्रकारहरुलाई सम्मान गरेको छ । निरौला बेलायतमा संचालित हिमालयमेल डटकमका प्रधान सम्पादक तथा नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष हुन ।

सम्मानपत्र पाउने पत्रकारहरुमा अजय बावु सिवाकोटी, अमृत पाण्डे, बिजय थापा, बिजय राम पौडेल, आङ छिरिङ शेर्पा, बिष्णु पौडेल, श्याम लामा (तमाङं), छबिलाल बगाले, कृष्ण रेग्मी, केपि भट्ट, मनिषा लामिछाने, दिपक परीयार, सुनिता शर्मा कोइराला, गौतम ढकाल लगायतका छन्।

सन २०२०, मार्च महिनाको अन्तिम सातावाट जुलाई महिनाको अन्तिमसम्म कोभिड –१९ को संक्रमणका बेला समुदायलाई सचेतना फैलाउन सक्रिय रुपमा रहेका पत्रकार र सामाजिक अभियन्ताहरुलाई फाउण्डेसन अमेरिकाले गत अक्टोवर ३१ मा विभिन्न अवार्डबाट सम्मान गरेको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए ।

फाउण्डेसनले कोरोना संक्रमणकालमा राहत वितरण तथा स्वास्थ्य सुरक्षा सामग्री वितरणमा सक्रिय रुपमा लागेका फाउण्डेसनका केन्द्रिय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामालाई गिरिजा प्रसाद कोइराला फाउण्डेशनकि केन्द्रीय अध्यक्ष एंव पुर्व उपप्रधानमन्त्री मा। सुजाता कोइरालाले कोभिड १९ च्याम्पियन अफ च्याम्पियन्स अवार्ड र फाउण्डेसनका उपाध्यक्ष सुवर्ण लामालाई कोभिड १९ हिरो भोलियन्टियर अफ भोलियन्टर्स अवार्डबाट सम्मान प्रदान गरेकी थिइन ।