देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली जनसम्पर्क अन्तरराष्ट्रिय समन्वय समिति विश्व सन्जालको युरोप र अफ्रिका महादेशमा शाखा गठन

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसको सिद्धान्तमा आस्था राख्ने विश्वभरीछरीएर रहेका नेपालीहरूको सँगठन नेपाली जनसम्पर्क अन्तरराष्ट्रिय समन्वय समिति विश्व सन्जालले युरोप र अफ्रिकामा यसको महादेशीय शाखा गठन भएको छ ।

सन्जालको विधानमा उल्लेख भए अनुसार हरेक माहादेशमा महादेशिय समिति खोल्ने क्रममा यही अक्टोबर १८ तारिखको दिन विश्व संजालले यूरोप र अफ्रिकाको क्षेत्रीय समिति गठन गरेको हो। अक्टोबर १८ मा सम्पन्न भर्चुअल भेलाले बेलायत निवासी शेखर काँडेलको संयोजकत्वमा युरोप समिति गठन गरेको छ । समितिको उपसंयोजकमा बेलायतका तस्वीर लामा र जर्मनीका विजय मोक्तान चयन भएका छन् । महासचिवको जिम्मेवारी डेनमार्कका यमलाल सुवेदीलाई दिइएको छ भने सह–सचिवमा क्रमशः पोर्चुगलका सुरेन्द्र अम्गाइ र बेलायतका कृष्ण खरेललाई चयन गरिएको छ। त्यसैगरि कोषाध्यक्ष र सह–कोषाध्यक्षमा क्रमशः नर्वेकी विष्णुमाया अधिकारी र स्पेनबाट अञ्जु तिमिल्सिना चयन भएका छन् ।

सदस्यहरूमा कृष्ण अधिकारी (नेदरल्याण्ड), नारायण दवाडी (लक्जम्बर्ग),भाबा मल्ल (इटाली), अशोक घिमिरे (पोर्चुगल), हीरालाल सापकोटा (स्पेन) र रामकृष्ण पूडासैनी (स्पेन) रहेका छन् । आवस्यकता र औचित्यका आधारमा कार्यकारिणी विस्तार, हेरफेर र थपघट गर्ने अख्तियारी भेलाले संयोजकलाई प्रदान गरेको छ ।

सोही भेलामा विश्व सञ्जालका संयोजक विष्णु सुवेदीद्वारा विश्व सञ्जालका संरक्षक र सल्लाहकारहरू मनोनित गरिएको बारे जानकारी गराइएको थियो। जसअनुसार सल्लाहकारहरूमा इन्द्र बहादुर क्षेत्री (बेल्जियम), शुक्रराज न्यौपाने (आयरल्याण्ड), बिज्ञान प्रसाई (बेलायत), श्रीकृष्ण सूबेदी (इटाली), नबिन पौड़ेल (डेनमार्क), त्रिलोचन सापकोटा (डेनमार्क), ठाकुर प्रसाद शर्मा (नेदरल्याण्ड) र तिलक गैरे (पोर्चुगल), अफ्रिकाबाट हिक्मत थापा, एशिया प्रशान्तबाट धर्मराज अधिकारी, सुवास लोहीनी र प्रकाश धमला, ओसियाना क्षेत्रबाट दिनेश जोशी (अस्ट्रेलिया) रहेका छन् ।

त्यसैगरि नेपाली जनसम्पर्क अन्तरराष्ट्रिय समन्वय समिति विश्व सन्जालका संरक्षकमा किरण प्रधान (फ्रांस), माधव आचार्य (स्वीटजरलैण्ड), विश्व आदर्श पण्डित (बेलायत), डा. यादव पण्डित (युएसए), ध्रुवराज पौडेल (बेल्जियम), पुष्प थापा (जर्मनी) र दुर्गा आचार्य (अष्ट्रेलिया) रहेका छन् ।

विश्व सञ्जालले अफ्रिकाको संयोजकमा कृष्णदत्त भट्टलाई मनोनित गरेको छ । निकट भविष्यमै भेला बोलाइ अफ्रिकन महादेशीय समिति गठन गर्ने जिम्मा संयोजकलाइ प्रदान गरिएको छ ।

भेलापछि संक्षिप्त प्रतिकृया दिँदै विश्व संयोजक विष्णु सुवेदीले निकट भविष्यमै बाँकी महादेशमा पनि शाखाहरू गठन गरिने जानकारी गराए । विश्व काँग्रेस गठन गरिनुको उद्देस्यको बारेमा बोल्दै उनले यो सँगठन काँग्रेस र देशलाई सकेको दिनको लागि निर्माण गरिएको र यसले देश र काँग्रेसबाट लिनुपर्ने केही नरहेको हुँदा यसलाइ यसै रूपमा बुझ्न आग्रह गरे । करीब सात घण्टा चलेको उक्त भेलामा युरोपलगायत विश्वभरबाट बाक्लो सहभागिता रहेको थियो । भेलाको सभापतित्व नेदरल्याण्डका हरि पौडेल, सञ्चालन महामन्त्री चिन्तामणी सापकोटा र विशेष आतिथ्यता विश्व संयोजक विष्णु सुवेदीले गरेका थिए ।

सन् २०१८ मा विष्णु सुवेदीको संयोजकत्वमा नेपाली जनसम्पर्क अन्तरराष्ट्रिय समन्वय समिति विश्व सन्जाल गठन गरिएको थियो ।