देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लिस्वनका अवैतनिक महाबाणिज्यदूत बने हमाल

देशान्तर

काठमाडौं । विगत लामो समयदेखि पोर्चुगलको राजधानी लिस्वनमा अवैतनिक बाणिज्यदूतको रुपमा रही काम गरेका मकर बहादुर हमालको पदोन्नति भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रस्तावमा हमाललाई अवैतनिक वाणिज्यदूतबाट अवैतनिक महाबाणिज्यदूतमा पदोन्नति गरिएको हो । मन्त्रीपरिषदले हमालसँगै मोनाकोमा कार्यरत अलेक्जेण्डर मोधादमलाई सोही पदमा पदोन्नति गरेको हो ।

मन्त्रीपरिषदले चार वर्षे पदावधि सकिएका अन्य सात जना बाणिज्यदूतको पदावधि अरु थप चार वर्षका लागि थप गर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषदले जापानस्थित फुकुओका सहरका लागि युइचिरो किमोतोलाई नयाँ अवैतनिक बाणिज्यदूतमा नियुक्त गर्ने निर्णय गरेको छ ।

चारबर्षे पदावधि थप हुने अवैतनिक वाणिज्यदूतहरुमा अष्ट्रेलियाको न्यू साउथ वेल्समा कार्यरत दीपककुमार खड्का, फ्रन्सको रुवां सहरमा कार्यरत डा।डिडिएख बेनारण्ड, क्यानडाको मन्ट्रिअल सहरमा कार्यरत वनार्ड भोयर, क्यानडाकै अल्वर्टा प्रान्तको क्यालगरीमा कार्यरत स्टेफन थोमस हेस, क्यानडाको भिक्टोरिया प्रान्तको ब्रिटिश कोलम्बिया सहरमा कार्यरत क्रिष्टोफर एम कोन्सिडिन, क्यानडाकै ओन्टोरियोमा कार्यरत कुन्जरमणि शर्मा र जापानको ओशाकामा कार्यरत कुनियो इमानासी रहेको परराष्ट्रले जनाएको छ ।