देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राहत वितरण पारदर्शी नभएपछि एनआएरएनए क्यानडामा लफडा

देशान्तर

काठमाडौं । कोभिड– १९ महामारीका कारण पीडित बनेकाहरुको सहयोगका लागि यतिबेला विश्वभर गैरआवासिय नेपाली संघ (एनआरएनए) सक्रिय छ । विश्वभर छरिएर रहेका नेपालीहरुलाई परेको संकटमा सहयोगको हात अघि बढाउने भन्दै विभिन्न देशका एनआरएनए शाखाका पदाधिकारीहरु यतिबेला सक्रिय देखिएका छन् । तर यो सक्रियतासँगै केही एनआरएनए पदाधिकारीहरुलाई राहत रकम हिनामिना गरेको आरोप पनि लागेको छ ।

यस्तै आरोप एनआरएनए क्यानडाका पदाधिकारीलाई लागेको छ । एनआरएनए क्यानडाका युवा संयोजक इश्वर खत्रीमाथि उठाएको राहत मनोमानी तरिकाले वितरण गरेको हिसाबकिताब पारदर्शी नबनाएको लगायतको आरोप लागेको छ । पटक पटक उठेको राहतको बारेमा स्पष्ट बनाउन दबाब आएपनि खत्रीलाई एनआरएनए क्यानडाका अध्यक्ष चिरण घिमिरेको संरक्षणमा रहेकाले यसप्रति उनले जवाफदेहीता वहन गर्न आवश्यक ठानेका छैनन् ।

जनावरी १९ मा मा एनआरएनए क्यानडाका अध्यक्षको निर्देशनमा युवा संयोजक खत्रीले फेसबुक मार्फ़त राहत संक़लन कार्य सुरु गरेका थिए । सो समयमा कति पैसा उठेको भन्ने कुनै हिसाबकिताब खुलाइएको छैन । तर, राम्रो रकम संकलन जम्मा भएको जानकारहरु बताउछन् । समस्यामा परेका विद्यार्थी तथा अन्य नेपालीहरुलाई सहयोग गर्न उक्त राहत संकलन गरिएको थियोे । तत्काल समस्यामा रहेकाहरुलाई राहत उपलब्ध नगराएर जालझेल गरी नजिकै तथा आफन्तलाई केही राहत वितरण गरेको र अरु हिनामिना गरेको अर्को पक्षको आरोप छ । उक्त आरोप प्रति न इश्वर न अध्यक्ष घिमिरे दुबै गम्भीर बनेका छैनन् । Berrie र Sudburyमा राहत बाडेको कुरा जानकारी दिएपनि कतिलाई के कति राहत बाडेको हो रु कुनै विवरण छैन । संस्थाको नाम जोडिएपछि यसमा पारदर्शिता र जवाफदेहीता हुनु पर्दैनन् र ? एक जना एनआरएन क्यानडाका सदस्य बताउछन् । यस्तै North York को बिद्यार्थीलाई मात्र ५० ५० Dollar को Gift Card दिइयो उनले प्रश्न गरे । Hand Sanitizer, Gloves &Mask मा ६ हज़ार डलर बराबरको सहयोग आएको तर त्यसको हिसाबकिताब पनि गायब पारिएको छ । युवा संयोजक इश्वर र उपाध्यक्ष बिजय पौडेलले आफ्नो घर बाट राहत वितरण गरेको बताएपनि यसको पनि विवरण छैन ।

राहत वितरण सँग जोडिएका धेरै बिषय छन,जो अनिवार्य रुपमा स्पष्ट पार्नु पर्छ अर्का एक सदस्य भन्छन् । पछिल्लो समयमा Brampton बाट भुमि घिमिरेलाई NCC  मा मनोनित गर्ने भनिएपनि रातारात बासु लम्साललाई उपाध्यक्ष बिजय र अध्यक्ष चिरणले सुटुक्क मनोनित गरेपछि अर्को विवाद सुरु भएको छ । उक्त बिषयमा महासचिव पिताम्बर भटराई र प्रबक्ता दिनेश खतिवडाले असहमति लेखेर पठाएका थिए । यस्ता थुप्रै बिषयलाई लिएर संस्था भित्र चर्काचर्कि बढेको छ । संस्था भित्र नेकपाको हस्ताक्षेप भएको आरोप समेत छ । स्रोतका अनुसार एनआरएनए क्यानडा संचालन गर्न नेकपाको प्रबासी मंन्च क्यानडाले ११ सदस्यीय सचिबालय गठन गरेको छ । स्वतन्त्र सामाजिक संस्थामा यसरी राजनीति बढेपछि यसको बौद्विक स्तरबाट बिरोध भएको छ । संस्थामा भएका भ्रष्टाचार तथा अनियमितताको बारेमा अध्यक्ष चुपचाप बस्नु राजनीतिक संरक्षण भएको समेत आरोप छ ।

यसै सन्दर्भमा केही समय अगाडी संकलित रकम हिनाबिनाको र राहत वितरणमा भएको अनियमिततामा प्रश्न गरेपछि एनआरएनए क्यानाडाले एनआरएनए हेल्प डेस्क इस्टर्न जोन कोर्डिनेटर राम क्षेत्री लाई कारबाही गरी बासु लम्साल लाई नियुक्त गरेको थियो । यदी त्यसो हुदैनथ्यो भने यो महामारीको समयमा राहत बितरण र मानब सेवा मा लाग्नुको सट्टा कारबाही र नियुक्तमा किन लाग्यो भन्ने सजिलै अनुमान लगाउन सकिन्छ । अन्य केही सदस्यले पनि पारदर्शितामा कुरा उठाएपछि प्रबासी मन्च र एनआरएन दुबैबाट कारवाही गर्ने धम्की आएपछि सबै चुपचाप रहेको स्रोतले जानकारी गराएको छ । योसँगै नेकपाको प्रवासी मञ्च पनि बिभाजनको संघारमा पुगेको छ ।