देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चार वर्षपछि क्रिकेटमा भारतले गुमायो शीर्ष वरियता

देशान्तर

काठमाडाैं । भारतीय क्रिकेट टिमले चार वर्षपछि शीर्ष वरियता गुमाएको छ । सन् २०१६ देखि टेस्ट क्रिकेटमा शीर्ष वरियतामा रहँदै आएको भारतले नयाँ वरियतामा भने शीर्ष स्थान गुमाएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आर्यसिसी)ले शुक्रबार जारी गरेको वरिता अनुसार भारत एकै पटक दुई स्थान तल झर्दै तेस्रो स्थानमा आइपुगेको छ । अस्ट्रेलिया लामो समयपछि टेस्ट क्रिकेटको शीर्षमा फर्किएको छ । सन् २०२० को सुरुवातमै भएको न्युजिल्यान्ड भ्रमणमा खराब प्रदर्शन गरेपछि भारतले ४ वर्षपछि शीर्ष वरियता गुमाउनु परेको हो ।

भारत न्युजिल्यान्डविरुद्धका दुवै खेलमा लज्जास्पदमा रुपमा पराजित भएको थियो । भारतले पहिलो टेस्टमा १० विकेट र दोस्रो टेस्टमा ७ विकेटले पराजित भएको थियो । भारतले एकदिवसीय सिरिज पनि ३-०ले गुमाएको थियो । सन् २०१९मा भने भारत टेस्ट क्रिकेटमा अपराजित थियो ।

तेस्रो स्थानमा रहेको भारतको ११४ रेटिङ छ भने शीर्ष स्थानको अस्ट्रेलियाको ११६ र दोस्रो स्थानको न्युजिल्यान्डको ११५ रेटिङ छ । यस्तै, इंग्ल्यान्ड चौथो, श्रीलंका पाँचौं, दक्षिण अफ्रिका छैठौं, पाकिस्तान सातौं, वेष्ट इन्डिज आठौं, अफगानिस्तान नवौं र बंगलादेश दशौं स्थानमा छन् ।

आफ्ना दुई भरपर्दा खेलाडीहरू डेविड वार्नर र स्टिभ स्मिथ बल टेम्परिङमा प्रतिबन्ध परेपछि अस्ट्रेलियाको प्रदर्शन खस्किएको थियो । तर, दुवै गत एकदिवसीय विश्वकपको ठीक प्रतिबन्ध पूरा गर्दै मैदान फर्किएपछि अस्ट्रेलियन क्रिकेट लयमा फर्किएको छ । अहिले अस्ट्रेलिया टेस्टसँगै टि-२० वरियतामा पनि शीर्ष स्थानमा छ ।