देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतीय प्रधानमन्त्री मोदीले गरे ओलीलाई रिट्वीट

देशान्तर

काठमाडौँ  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटलाई रिट्वीट गर्दै योग दिवसमा सहभागी भएकामा धन्यवाद दिएका छन् । विश्व योग दिवसका अवसर पारी भारतीय दूतावासले आर्मी अफिसर्स क्लबमा बिहानै आयोजना गरेको योग शिविरको उद्घाटन गर्न ओली पुगेका थिए ।

‘विश्व योग दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ कार्यक्रममा सहभागी भएपछि ओलीले ट्विट गरेका थिए,‘प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधनामार्फत् मन, वचन र कर्मले एकै स्थानमा स्थिर रही जीवनलाई स्वस्थ्य बनाउने सफलता मिलोस्, शुभकामना ।

ओली स्वयंले गरेको योग दिवसको शुभकामना ट्विटलाई पनि टिप्पणीका साथ रिट्वीट गर्दै मोदीले नेपालीमै लेखेका थिए, ‘योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रुपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुभोशित गर्नु भएकामा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु ।’ ओली सहभागी कार्यक्रमको तस्बिरलाई भारतीय राजदूत मञ्जिव सिंह पुरीले ट्विट गर्दै आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि मेन्सन गरेका थिए । त्यसलाई पनि रिट्वीट गर्दै मोदीले, ‘नेपालमा योग दिवसलाई नेतृत्व गर्दै गरेका मेरा मित्र केपी ओलीको गज्जबको भंगिमा’ भनी लेखे । आफ्ना दूतावासहरुमार्फत विश्वभर योग दिवस मनाएको भारतले यसमा सरिक अन्य देशका राजनीतिज्ञहरुलाई पनि मोदीले यसै गरी धन्यवाद दिँदै ‘ट्विप्लोमेसी’ मार्फत योगको प्रवर्द्धन गरेका छन् ।