देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इन्धन आपूर्ति रोक्न उत्तर कोरियालाई २७ मुलुकको आह्वान

देशान्तर

काठमाडौं । अमेरिकासहित विश्वका २७ मुलुकले उत्तर कोरियालाई इन्धन आपूर्ति रोक्न सबै मुलुकसँग आह्वान गरेका छन् । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को स्न्याक्सन कमिटीलाई बुझाइएको प्रतिवेदनमा उत्तर कोरियामाथि इन्धन आपूर्तिमा लगाइएको अन्तरराष्ट्रिय प्रतिबन्धको उल्लंघन भएको उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ उनबाट ‘सुन्दर पत्र’ आएको बताएको भोलिपल्ट उत्तर कोरियामा इन्धन तस्करी भइरहेको गुनासो आएको हो । अमेरिका तेस्रो ट्रम्प–किम सम्मेलनका लागि इच्छुक देखिएको छ ।

प्रतिवेदनमा उत्तर कोरियालाई दिइएको वार्षिक ५ लाख ब्यारेल इन्धन आयातको छूट पार भइसकेको उल्लेख छ । साथै, उत्तर कोरिया प्रतिबन्ध उल्लंघनका ७२ घटना भएको बताइएको छ । प्रतिवेदनका अनुसार कोइला र फलाममाथिको प्रतिबन्ध भने निकै प्रभावकारी देखिएको छ ।