देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली समुदायको शिर उँचो बनाउँछु– एनआरएनए अमेरिका अध्यक्ष साह

देशान्तर

काठमाडौं । गैरआवासीय नेपाली संघ अमेरिकाका नवनिर्वाचित अध्यक्ष सुनील साहले अमेरिकामा रहेका नेपालीहरूको सम्मानित महसुस गर्ने गरी आफूले काम गर्ने बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछि देशान्तरसँग पहिलो कुराकानी गर्दै अध्यक्ष साहले अमेरिकाका विभिन्न राज्यमा छरिएर रहेका नेपाली समुदायको शिर उँचो हुने गरी आफूले काम गर्ने बताएका हुन् ।

आफू लामो समयदेखि गैरआवासीय नेपालीहरूको अभियानमा सक्रिय रहेको र स्थापनाकालदेखि नै अमेरिकामा सक्रिय रहेको भन्दै साहले एनआरएन अमेरिकाले नेपाली समुदायको हितमा काम गर्ने बताए । ‘आज एकदिनको प्रयासले म गैरआवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष भएको होइन । यसका लागि यहाँका साथीभाइको ठूलो सहयोग छ । त्यो सहयोगको सम्मान हुने काम गर्छु ।’, साहले देशान्तरसँग भने ।

हालै सम्पन्न निर्वाचनमा साह ३ हजार ७ सय ११ मत प्राप्त गरी एनआरएनए अमेरिकाको अध्यक्षमा निर्वाचित भएका थिए । प्रतिस्पर्धी सञ्जय थापाले जम्मा १ हजार ५ सय ५४ मत ल्याए । जनसम्पर्क समिति अमेरिकाको समर्थनमा उभिएका साह लोकतान्त्रिक पक्षधरको उम्मेदवार रहेका थिए । अमेरिकामा एनआरएनए स्थापनादेखि सक्रिय रहेका साह अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष थिए । अमेरिकामा रहेका नेपालीहरूको सुखदुःखमा आफू सधैं सक्रिय रहेको र अध्यक्ष भएपछि त्यो क्रम अझ बढ्ने साहको भनाइ छ । उनले गैरआवासीय नेपालीहरूको अभियानलाई सार्थक बनाउन अमेरिकाले निर्णायक भूमिका निर्वाह गर्ने बताएका छन् । कुनै पूर्वाग्रह नराखी आफ्नो कार्यकालमा एनआरएनए अमेरिकाको श्रीवृद्धिका लागि काम गर्ने साहको योजना छ ।