देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोर्चुगलका राष्ट्रपतिलाई भेटेर के भने नेपालीहरुले ?

देशान्तर

पोर्चुगल । गैरआवासीय नेपाली संघ ९एनआरएनए० पोर्चुगलले पोर्चुगलका राष्ट्रपतिसँग भेटघाट गरेको छ । भेटघाटमा नेपाल हाउस अर्थात नेपाल गार्डेन साथै नेपालबाट इण्डियासम्म जान नपर्ने गरी भिसा सुविधा सेवा उपलब्ध गराउन समेत माग गरिएको संघका अध्यक्ष कुबेर कार्कीले बताए ।

‘नेपाली समुदायहरु पोर्चुगलको भूमिमा बढ्दै जाने क्रमसँगै विगत ३० वर्षदेखि नेपालीहरु बस्दै आएका छन् । पोर्चुगलमा नेपालीहरु कस्ता छन अनि उनिहरु लाई हेर्ने नजर कस्तो छ भन्ने अनुभब पोर्चुगलका महामहिम राष्ट्रपति बाट लिने अवसर मिल्यो अनि सारै मिलनसार सरल व्यक्तित्वका धनी पोर्चुगलका महामहिम राष्ट्रपतिले हामीलाई स्वागत तथा माया पूर्वक भेटघाट गर्नु भयो नेपाललाई साह्रै माया गर्ने हुनुहुँदो रहेछ, ’ कार्कीले भने ।

‘गैरआवासीय नेपाली संघ पोर्चुगलको इतिहासमा नै पहिलो पटक राष्ट्रप्रमुखलाई भेटघाट गर्ने अबसर मिल्नुका साथै नेपाल हाउस अर्थात नेपाल गार्डेन साथै नेपालबाट इण्डियासम्म जान नपर्ने गरी खष्कब कभचखष्अभ सेवा उपलब्ध गराउन समेत माग गर्यो नेपाली समुदायहरु लाई भाषा स्कूल र नेपालमा राजदूतावास स्थापना साथै नेपालीहरुलाई पोर्चुगलमा भैपरी आउने समस्याको बारेमा विस्तृत रूपमा छलफल तथा जानकारी गराउने अवसर मिल्यो’, कार्कीले भने । भेटमा एनआरएनए पोर्चुगलका अध्यक्ष कुबेर कार्कीलगायत पदाधिकारीका साथमा नेपाली संघसंस्थाका प्रतिनिधीहरुसमेत रहेका थिए ।

भेटघाट अत्यन्त उपलब्धिमूलक भएको अध्यक्ष कार्कीले बताए । उनले नेपालीलाई राष्ट«पतिको सम्मान देखेर आफै गौरवान्वित भएको बताए ।