काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको थुनछेकमा अहिले जाहेरीवालाको तर्फबाट बहस जारी छ । जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहसमा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस सुरु गरेका हुन् ।
त्यसपछि रवि पक्षका ८ जना कानुन व्यवसायीले बहस गर्नका लागि नाम टिपाएका छन् । उनीहरूको बहस सकिएपछि सरकारी वकिलहरूले जवाफी बहस गर्नेछन् । बिहीबार वादीका तर्फबाट ८ जना सरकारी वकिलले बहस गरेका थिए । जाहेरवालाको तर्फबाट दिनेश त्रिपाठीले बहस गरेका थिए ।
प्रतिक्रिया