काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमा रूपन्देही जिल्ला अदालतमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
शुक्रबार भएको थुनछेक बहस नसकिए पछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । अब आइतबार मात्रै थुनछेक बहस सकेर आदेश आउने भएको छ । बुधबार अदालतमा उपस्थित भएका लामिछानेको न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा थुनछेक बहस चलिरहेको छ ।
पहिलो दिन सरकारी वकिलका तर्फबाट जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए भने उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गरेका थिए ।
यस्तै, जाहेरकर्ताका तर्फबाट वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, सुरेन्द्रराज भण्डारीसहित चारजनाले बहस गरेका थिए । शुक्रबार चिया समयपछि मात्रै लामिछानेका तर्फका कानुन व्यवसायीको बहस सुरु भएको थियो । वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाको मात्रै बहस सकिएको छ ।
प्रतिक्रिया