देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुई दिनका लागि प्रचण्ड दाङमा, के–के छन् कार्यक्रम ?

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाङ पुगेका छन् । देश दौडाहाका क्रममा उनी आज तुलसीपुरको बटोलपुरमा सहिद परिवारसँग भेटघाट गर्दै छन् ।

त्यहाँबाट उनले पार्टीको तुलसीपुर नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सो कर्यक्तम अरनिको मैदानमा आयोजना गरिएको छ ।

तुलसीपुरको कार्यक्रमपछि उनी सहिदस्मृति आवासीय माविमा पुगेर त्यहाँ अध्ययनरत सहिदका सन्ततिसँग भेटघाट गर्ने र साँझ घोराहीमा उद्योगी व्यापारीसँगको छलफल गर्ने तय भएको छ ।

उनी लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा नवनिर्मित अस्पताल भवन उदघाटन लगायतका कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

अध्यक्ष प्रचण्ड भोलि घोराही र देउखुरीमा हुने कार्यक्रमलाई सम्बोधन गरी काठमाडौ फर्कनेछन् ।