देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संगीतकार टंक बुढाथोकीले अब चलचित्र निर्देशन गर्ने

देशान्तर

काठमाडौं । गायक एवं संगीतकार टंक बुढाथोकीले अब चलचित्र निर्देशन गर्ने भएका छ्न । उनले आफ्नो हिट गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ शीर्षकमा चलचित्र बनाउन लागेका हुन । बुढाथोकीले आइतबार चलचित्रको टाइटल चलचित्र विकास बोर्डमा दर्ता गरेका छन् ।
बुढाथोकिको निर्माण तथा निर्देशनमा बन्ने चलचित्रमा लक्ष्मी गिरि कार्यकारी निर्माता रहने यस चलचित्रमा बिनय अधिकारी सह निर्माता रहने उनले जानकारी दिएका दिए ।
सामाजिक कथामा बन्ने यस चलचित्रबाट बाल गायक अशोक दर्जी र एआर बुढाथोकीलाई डेब्यु गर्दैछन् भने नब नायक रमेश बिकलाई अनुबन्धित गरेको पनि उनले बताए । टंककै कथा रहेको फिल्मको पटकथा एवं संवाद शिवम अधिकारीले लेखेका छन्। चलचित्रको तयारी पाँच बर्ष अघि देखिको रहेको उनले जानकारी दिए ।

तिहार लगतै छायांकनमा जाने चलचित्रका अन्य कलाकार कलाकारहरु केहि दिनमा फाइनल गर्ने तयारी छ। बुढाथोकीले यस अघि केही म्युजिक भिडियो निर्देशन गरेका छन भने चलचित्रहरुमा पनि संगीत दिएका छन । उनका ” तिम्रो पिक्चर हिट “, “काली तिम्रो नजरैले” , “घन्टी बज्यो” जस्ता गीत हिट गीत हुन भने चलचित्र शत्रुगतेमा समाबेश गीतकार लोकराज अधिकारीको शब्द टंकको संगीत अनि उनको र मिना निरौलाको स्वर रहेको “रुपै मोहनी ” बोलको गीत चलचित्रको सुपरहिट गीत हो ।