देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सोम सापकोटा वेल्सको टुरिजम गुडवील एम्बेसडर नियुक्त

देशान्तर

गैर आवासीय नेपाली संघ एनआरएनका वर्तमान कार्यसमितिमा प्रवक्ता रहेका सोम सापकोटा बेलायतको वेल्सका लागि टुरिजम गुडवील एम्बेसडर नियुक्त भएका छन् ।

नेपालको पर्यटन क्षेत्रको बारेमा देश तथा बिदेशमा सकारात्मक सन्देश प्रबाह गर्ने सामाजिक एबं एनआरएनए अभियन्ता सापकोटालाई बेलायतको वेल्सका लागि टुरिजम गुडविल एम्बेसडरका नियुक्त गरिएको हो ।

सापकोटालाई नेपाल सरकार मन्त्रीस्तरीय निर्णयबाट गुडवील एम्बेसडर नियुक्त गरेको हो ।

शुक्रबार पर्यटन मन्त्रालयमा सापकोटालाई  पर्यटन सचिब सुरेश अधिकारीले नियुक्ति पत्र हस्तान्तरण छन् ।

नियुक्ति पत्र हस्तान्तरण गर्दै सचिब अधिकारीले लामो समयदेखी पर्यटन क्षेत्रमा लागि पर्दै आएका सापकोटालाई नेपाल सरकारले यो क्षेत्र  झनै बिस्तार र बलियो हुने बिश्वास ब्यक्त गरेर नै बेलायतको वेल्सका लागि टुरिजम गुडवील एम्बेसडरका रूपमा नियुक्त गरेको बताए ।

 नियुक्ति पत्र बुझेपछि सापकोटाले राज्यले आफू माथि बिश्वास गरेर दिएको जिम्मेवारीलाई मूलुकको हित र प्रबासी  नेपालीहरूको साथ लिंदै सजकताका साथ निभाउने प्रतिबद्धता ब्यक्त गरे ।
सन २००७ देखी सन २००९ सम्म एनआरएनएको पर्यटन प्रबद्र्धन कमिटीको सदस्य भएर काम गरेका सापकोटाले सन् २०१३ देखि सन् २०१५ सम्म उप संयोजक बनेका थिए । उनी सन् २०१६ देखि सन् २०१८ सम्म डेनमार्कका लागि नेपाली टुरिजम बोर्डको मानार्थ जनप्रतिनिधि भएर काम गरेका थिए ।

यसैगरी सापकोटा सन २०१९ देखी २०२१ सम्म माल्टाका लागि नेपाल टुरिजम बोर्डबाट मानार्थ जन प्रतिनिधिको रूपमा नियुक्त भए । सापकोटा अहिले एनआरएनएको प्रबक्ता एबं पर्यटन प्रबद्र्धन समितिका संयोजक समेत रहेका छन् ।